सर्लाही–नौ वटा भाषाको दखल भएका सर्लाहीका भाषा तथा सस्कृतिकर्मी भक्ति रिजाल प्रादेशिक “प्रतिभा” पुरस्कार बाट सम्मानित भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रिजाललाई “संस्कृति” बिधा तर्फ प्रादेशिक प्रतिभा पुरस्कार २०८० बाट सम्मान गरेको हो । काठमाडौको जमलमा रहेको सास्कृतिक सस्थानमा भएको एक समारोहका बीच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले ५० हजार राशी संगै दोसल्ला ओडाएर रिजाललाई सम्मान गरेका थिए ।
मधेसमा रहेका भाषा तथा सस्कृतिको जगेर्नामा रिजालको उल्लेख्य भुमिका रहेकोले सम्मान गरिएको नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । झन्डै नौ वटा भाषामा दखल भएका रिजाल साहित्य सृजनामा समेत उत्तिकै सकृय छन् । उनी नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सदस्य समेत हुन् ।