Sunday, March 16, 2025

मोटरसाईकल दुर्घटनामा आधादर्जन घाईते

ताजा / भरखरै प्राप्त

ईश्वरपुर–सर्लाहीको ईश्वरपुरमा भएको मोटरसाईकल दुर्घटनामा आधा दर्जन घाईते भएका छन् ।

सोमबार ईश्वरपुर नगरपालिका–११, स्थित खोरियाटोलामा दुई मोटरसाईकल आपसमा ठोक्किदा पैदल यात्रु सहित ६ जना घाईते भएका हुन् । प्रहरीका अनुसार खोरियाबाट बबरगंज तर्फ जादैगरेको बा २२ प ३९३० र विपरित दिशाबाट आउदै गरेको बिआर ३० डि ३२३१ नम्बरको मोटरसाईकल आपसमा ठोक्किएको थियो ।

घटनामा भारतीय नम्बरको मोटरसाईकलमा सवार ईश्वरपुर नगरपालिका–११, बस्ने भरोसी शर्माका छोरा २५ बर्षका दिपेश शर्मा र उन्को श्रीमती २२ बर्षकी अन्जली ठाकुर, छोरी ७ महिनाकी दिब्यान्स ठाकुरको समेत टाउकोमा चोट लागेको प्रहरीले जनाएको हो । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सोही घटनामा संलग्न ३९३० नम्बरको मोटरसाईकलमा सवार चन्द्रनगर गाउँपालिका–६, बस्ने १८ बर्षका रबी साह, सोही मोटरसाईकलमा सवार १५ बर्षकी विमला साह र पैदलयात्री चन्द्रनगर गाउँपालिका–२, बबरगंज बस्ने १८ बर्षकी शुष्मा कुमारी साह घाईते भएकी हुन् । उनीहरुको समेत अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।

घाईतेहरुको स्थानीय स्वास्थ्य संस्था उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles