Tuesday, July 16, 2024

बिद्यालयलाई गमला र बिरुवा हस्तान्तरण

ताजा / भरखरै प्राप्त

बागमती–नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दलले बिद्यालयलाई गमला र बिरुवा हस्तान्तरण गरेको छ ।

सर्लाहीको बागमती नगरपालिका–११, स्थित नेपाल तरुण दल वडा कमिटिले पशुपति सामुदायिक बिद्यालयलाई गमला र फुलको बिरुवा प्रदान गरेको हो । नेपाली कांग्रेसका स्वर्गीय नेता गिरिजा प्रसाद कोईरालाको १०१ औँ जन्मजयन्तीको अवसर पारेर बिद्यालयलाई ५० थान गमला र विभिन्न जातका १०१ वटा फुलका बिरुवा हस्तान्तरण गरिएको तरुण दल वडाकमिटि अध्यक्ष प्रकाश केसीले जानकारी दिए ।

बिद्यालय प्रांगणमा लगाउने तथा राख्ने गरी कपुर, निलमोहर, गुलमोहर लगाएत जातका फुलका विरुवा प्राप्त भएको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल थापाले जानकारी दिए । कार्यक्रममा कांगे्रस जिल्ला सचिव निरोज कार्की, शिक्षक अभिभावक संघका अध्यक्ष कविराज खड्का, पशुपति सामुदायिक बन समुहका अध्यक्ष बद्रीकुमार खड्का लगाएतको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles