बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित स्थानीय किसानहरुलाई कागतीको बिरुवा वितरण गरिएको छ ।
गरिवी निवारको लागि लघु उद्यम(मेडपा) कार्यक्रम अन्तरगत १ नम्बर वडाका किसानहरुलाई कागतीको बिरुवा वितरण गरिएको हो । यस वडामा लघु उद्यम कार्यक्रम अन्तरगत स्थानीय किसानहरुलाई सहभागि गराएर कागती खेती सम्बन्धी तालिम प्रदान गरिएको थियो ।
तालिममा सहभागि किसानहरुलाई व्यवसायिक कागती खेतीको लागि उन्नत जातको कागतीको बिरुवा वितरण गरिएको कार्यपालिका सदस्य गिता थापामगरले जानकारी दिईन् । तालिममा सहभागि किसानहरुलाई वडाध्यक्ष गम्भीर सिंङ पाख्रिनको अध्यक्षतामा कागतीको बिरुवा वितरण गरिएको हो ।
किसानहरुलाई बिरुवाको हरचाह देखी गोडमेल, मलजल तथा रोग किराको बिषयमा समेत तालिममा प्रशिक्षण प्रदान गरिएको थियो । यसरी तालिम पछि कागतीको बिरुवा निशुल्क पाउदा व्यवसायिक कागती खेती गर्ने उत्साह बढेको सहभागि किसान मान बहादुर लामाले प्रतिकृया दिए ।