मलंगवा–पूर्व भुमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्या सँधियारको योजनामा आफ्नै सहयोगीले गरेको प्रहरीले पुष्टि गरेको छ ।
आईतबार पत्रकार सम्मेलन आयोजना गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनामा संलग्न दुई जनालाई सार्वजनिक गरेको हो । प्रहरीले मुख्य अभियूक्तको रुपमा पूर्व राज्यमन्त्री रायकै सहयोगी सर्लाहीका कविलासी नगरपालिका–३, घर भएका २५ बर्षका रामउजैन राय र अर्का अभियुक्त चन्द्रनगर गाउँपालिका–१, रतनपुर निवासी ४६ बर्षका बिरेन्द्र रायलाई सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा रायको सँधियार बिरेन्द्रको योजना तथा प्रलोभनमा रायका सहयोगी रामउजैनले रायको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंहले जानकारी दिए । बिरेन्द्रको योजनामा रामउजैनले रायको हत्या गरेको स्वीकार गरेका प्रहरी उपरिक्षक सिंहको भनाई छ ।
घटनामा संलग्न दुवै जनालाई जिल्ला अदालतबाट १० दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । ८० बर्षका पूर्व राज्यमन्त्री रायको गत श्रावण ७ गते आईतबार मध्यराती सुतेकै स्थान धारिलो हतियार फरसा प्रहार गरी हत्या भएको थियो । मलंगवा नगरपालिका–४, पुर्खौली घर भएका राय यादव धानरोपाउन चन्द्रनगर गाउँपालिका–१, रतनपुर स्थित फामहाउस बसेका परिवारको भनाई छ ।
घटना विवरण
हत्याका योजनाकार रहेका बिरेन्द्र राय पूर्व राज्यमन्त्री रायको सँधियार हुन् । उन्को पुर्खौली जग्गाको सिमाना पूर्व राज्यमन्त्रीको जग्गा सगँ जोडिएको छ । आफ्नो जग्गा मिचेर रायले फामहाउस बनाएको तथा खेती गरिरहेको बिरेन्द्रको भ्रम रहेको अनुसन्धानका क्रममा देखिएको छ । बिरेन्द्रले जग्गा मिचिएको विगत १० बर्ष देखी दावी गर्दै आएको स्थानीयको भनाई छ ।
राय नभएको अवस्थामा आफुले मिचिएको जग्गा निकाल्ने कुरा उन्ले गाउँघरमा समेत गर्ने गरेका थिए । तर, अनुसन्धानमा कुनै जग्गा मिचिएको देखिएको छैन् । बिरेन्द्रले मिचिएको जग्गा हेर्न भन्दै पुरानो नक्साको निकै खोजी गरेका छन् । तर, कतै फेला नपरे पछि राय सगँ रहेको सूईको पाउछन् । त्यस पछि नक्सा निकाल्न रामउजैनलाई प्रलोभन देखाउछन् ।
रामउजैन अत्यन्त निम्म बर्गीय परिवारका सदस्य हुन् । उन्का बुबा दुईछाकको जोहोका लागि मजदुरी गर्न पन्जाव पुगेका छन् । आमा उजैनका दाजुको दुर्घटनामा मृत्यु पछि मानसिक रुपमा विच्छिप्त छिन् । चारै तिरबाट अभाव र गरिबीले गाँजेका रामउजैन बिरेन्द्रको प्रलोभनमा परेको देखिन्छ । रायको हत्या पछि बिरेन्द्रले रामउजैनलाई नगद दुईलाख, एउटा फर्म खोलिदिने, नापजाचँ पछि निस्कियको जग्गा कमाएर खान दिने समेत लोभ बिरेन्द्रले रामउजैनलाई देखाएका थिए ।
सोही क्रममा महिना दिन पहिला रामउजैनले बिरेन्द्रलाई रायको जग्गाको नक्सा निकालेर दिएका थिए । फोटो कपी गर्ने अवस्था नभएपछि हतारमा बिरेन्द्रले भिडियो खिचेका छन् । घटनाको राती पनि उनीहरुले निकै तयारी गरेको पाहिएको छ । मध्यराती रामउजैनले रायको सिरानीमा राखेको फरसा निकालेर प्रहार गरेको देखीएको छ । हतियार राखेको जानकारी भएकै मानिसले मात्र प्रयोग गर्न मिल्ने अवस्था छ ।
घटना पछि रामउजैनले लगाएको हाफ्पेन्ट र गन्जी टुक्रा परेर बल जस्तो पोको बनाएर फालेको अवस्थामा बरामद भएको छ । रामउजैन सुत्ने गरेको तन्नामा रगत लागेको समेत फेला परेको छ । प्रदेश प्रहरीले ल्याएको तालिम प्रप्ता कुकुर समेत आगनमा रहेको चापाकलमा गएर रोकिएको र रामउजैनले घटना पछि धारामा हात धोएको बयानमा उल्लेख गरेको कुरा मिलेको प्रहरी अधिकारीको भनाई छ ।
प्रहरीले घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले पोलिग्राफ लगाएतको प्रयोगबाट समेत संकास्पद व्यक्तिहरु माथि अनुसन्धान गरेको हो । घटनाको अनुसन्धानमा प्रदेश प्रहरी कार्यालयको टोली, केन्द्रिय अन्ुसन्धान ब्यूरो (सिआइवी)को टोली र जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठको नेतृत्वको टोली परिचालन भएको थियो ।