Monday, December 2, 2024

पानी माग्दै किसानद्वारा बागमती सिँचाई घेराउ

ताजा / भरखरै प्राप्त

बागमती–सिँचाईको लागि पानी माग्दै किसानहरुले बागमती सिँचाई आयोजनाको कार्यालय घेराउ गरेका छन् ।

आईतबार रौतहटको गढिमाई नगरपालिका स्थित गाउँगाउँबाट ट्रयाक्टर मोटरसाईकलमा आएका किसानहरुले सर्लाहीको बागमती नगरपालिका–११, कर्मैयामा रहेको सिँचाई आयोजनाको कार्यालय घेराउ गरेका हुन् । बागमती सिँचाई आयोजनाले समयमा नहर, सरसफाई, मर्मत सम्भार, चौकीदारको व्यवस्थापन लगाएतको काम नगरेका कारण पानी नपाएको उनीहरुको गुनासो छ ।

किसानहरुका अनुसार आयोजनाले रौतहटको हरैया–समनपुर–बलुवा नहर खण्ड सफाई नगरी अलपत्र पारेको हो । लामो समय देखी धान रोपेको खेतमा पानी पटाउन नपाएको स्थानीय किसान शिव मंगल दाशले गुनासो गरे । प्रतेक बर्ष धान रोपाईको समयमा सिँचाई अभाव हुने गरेको उनको भनाई छ । आफुहरुले पटक–पटक समस्या राख्दा व्यवास्ता गरिएको उनले बताए । आफ्नो खेत छेउछाउ सम्म आएको पानी नपाएको दाशले दुखेसा गरे ।

पानी सिँचाईको अभावमा बर्ष दिन खान लगाएको धान वाली नष्टहुने अवस्थामा पुगेको रौतहटको गढिमाई नगरपालिका–२, निवासी रिता देवीको भनाई छ । सिँचाई आयोजनाले खटाएका पालेहरुले समेत पानी छोड्न पैसा माग्ने गरेको उन्ले आरोप लगाईन् । आन्दोलित किसानहरुले आयोजनाले समस्या समाधानको लागि लिखित प्रतिवद्धता गर्नु पर्ने मागँ सहित हिजो दिउसो केहीबेर कार्यलय परिसरमा धर्ना समेत दिए ।

आन्दोलिन किसानहरुको माग तत्काल सम्बोधन गर्न कर्मचारी खटाएको कार्यालयका सिडिई रन्जनराज भट्टराईले जानकारी दिए । आयोजनाले किसानको खेतमा जसरी पनि पानी पुर्याउने उन्को भनाई थियो । मर्मत सम्भार लगाएको काम भएको दावी गर्दै सिडिई भट्टराईले पानीले क्षती पुर्याएको ठाउँमा तत्काल मर्मत गरेर पानी सुचारु गरिने बताए ।

‘‘किसानहरुले सिँचाईको लागि पानी पाउनु पर्ने कुरामा हामी लागि परेका छौ ।’’ उहाँले भन्नुभयो, ‘‘तत्काल नहरको संरचनामा आवश्यक मर्मत गरेर भएपनि पानी सुचारु गर्न मातहत कर्मचारीहरुलाई निर्देशन दिईसकेको छु ।’’ पाले लगाएतको कारण किसानहरुलाई भएको असुविधाको विषयमा भने, आफुले सोधपुछ गर्ने काम गरिहेको उन्ले जानकारी दिए ।

त्यस नहर खण्ड भन्दा माथिका किसानहरुले तातो पानी हटाउने र चिसो पानी पटाउने गर्दा धेरै पानीको प्रयोग भएका कारण तलका किसानले पानी नपाएका सिडिई भट्टराईको भनाई छ । रौटहतको हरैया देखी समनपुर बलुवा नहर खण्डमा पानी संचालन नहुदा यस क्षेत्रका सयौँ किसानको ५०० विगाह बढि धान खेत सुक्ने अवस्थामा पुगेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles