Monday, December 2, 2024

करेन्ट लागेका युवकको उपचारको क्रममा मृत्यु

ताजा / भरखरै प्राप्त

हरिवन-सर्लाहीको हरिवनमा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।

आईतबार दिउसो करेन्ट लागेर गम्भीर घाईते भएका हरिवन नगरपालिका–८, बालगंगा निवासी लालबाबु शेखका छोरा १८ बर्षका नुरसेद शेखको उपचारको क्रममा मृत्यु भएको हो । शेखलाई ग्यारेजमा कामगर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

शेखले हरिवन नगरपालिका–११, बाँसाटोलमा रहेको कारी शर्मा ग्यारेजमा काम गर्ने गरेका थिए । काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका उन्लाई हरिवन स्थित नमुना अस्पतालमा सामान्य उपचार पश्चिात थप उपचाको लागि बिरगंज रिफर गरिएको थियो । लैजादै गर्दा बाटोमै अवस्था बिग्रीए पछि रौतहटको चन्द्रपुरमा रहेको सिभिल अस्पतालमा उपचारकै क्रममा उन्को मृत्यु भएको हो ।

शेखको सव परिक्षणको लागि रौतहटमा राखिएको ईलाका प्रहरी कार्यलय हरिवनका प्रहरी निरिक्षक अनिलराज गिरीले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles