बिष्णु–सर्लाहीको विष्णु गाउँपालिका स्थित नदीयापकडी भन्ने स्थानमा उखुबारी भित्र मानव कंकाल फेलापरेको छ ।
मङ्गलबार विष्णु गाउँपलिका–२, स्थित नदीयापकडी स्थित दिनेश राय यादवको उखु खेतको बीचभागमा मानव कङ्काल फेला परेको हो । कालो र सेतो रङ्गको कपडामा बेरेर गाडेको अवस्थामा मानव कङ्काल फेला परेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
खाल्डो खनेर गाडेको शव स्यालले खोतलेर निकालेको हुन सक्ने प्रहरीको आशङ्का छ । घटनाको जानकारी पाउने बित्तिकै पुगेको प्रहरी टोलीले कङ्काल परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।