सर्लाहीको हरिपुरका एक परिवारले आमाको पूण्य तिथिको अवसरमा आश्रमका आश्रित आमाबुबालाई भोजन गराएका छन् ।
सोमबार हरिपुर नगरपालिका–८ निवासी असोक कुमार थापाको परिवारले आमाको दोस्रो बार्षिक पूण्य तिथिको अवसरमा भोजन गराएको हो । स्वर्गीय आमा सुमित्रा देवी थापाको बार्षिक पूण्य तिथिको अवसरमा लालबन्दी नगरपालिका–२, जुटपानी स्थित पद्म भुवनेश्वरी नमुना बृद्ध सेवा आश्रममा आश्रित आमा बुबाहरुलाई एक छाक मिष्ठान्नको व्यवस्था गरिएको छोरा असोकले बताउनु भयो ।
उआँले आमाको पूण्य तिथीको अवसरमा आश्रममा मिष्ठान्न भोजनको व्यवस्था गर्दै आउनु भएको छ । यसले थोरै भएपनि सुखनुभुती हुने गरेको उहाँको भनाई थियो । यसरी विभिन्न तिथी र अवसर पारेर आश्रममा भोजन गराई दिएको भन्दै आश्रम परिवारले धन्यवाद ज्ञापन गर्नु भएको हो । भोजनको लागि थापा परिवार बिहानै आश्रम पुग्नु भएको थियो ।
विभिन्न उत्सव तथा तिथी श्रद्धाको अवसरमा समेत पूण्यकाम गरेर मनाउन् आश्रम संचालक भवानी कोईरालाले जानकार िदिनुभयो । आश्रम परिवारले मृत अत्मा प्रती चिर शान्तीको कामना गर्दछौँ ।