Sunday, March 16, 2025

हुण्डरीले हजरियामा ६ वटा घरको छाना उडायो

ताजा / भरखरै प्राप्त

बरहथवा–सर्लाहीको बरहथवामा आएको हुण्डरीले ६ जना विपन्न परिवारको घरको छाना उडायो उडाई दिएको छ ।

बुधबार राती एक्कासी यस क्षेत्रमा हुण्डरी सहित पानी परेको थियो । हुण्डरीले बरहथवा नगरपालिका–१, दुसादटोला बस्ने बिरेन्द्र मुखियाको, निरन्जन मुखिया, सोनेलाल राय, पुकारी राय र पुनीलाल सहनीको एक तले कच्ची घरको टायलको छानो उडाई दिएको छ । भने, जयनारायण रायको फुसको छाना उडाई दिएको हो ।

हुण्डरीले घरको छाना उडाई दिएपछि उनीहरुको विचल्ली भएको छ । पानी परिरहेको समयमा समेत आफुहरु खुल्ला आकाश मुनी बस्नु पर्ने अवस्था आएको पीडित पुकारी रायले गुनासो गरे । तत्काल घरको छानो आल्न सक्ने अवस्था नरहेका विपन्न परिवार सहयोगको याचना गरिरहेका छन् ।

हुण्डरीले घरको छानो उडाई पीडितहरुको ४१ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । बरहथवा नगरपालिका–१, का वडाध्यक्ष राकेशकुमार सहनीका अनुसार मध्यरातमा आएको हुण्डरीले गाउँका कच्ची घरको छानो, बिजुलीको पोल तथा रुखहरु लडाएको छ ।

वडाध्यक्ष सहनीले हुण्डरीले दुईसय बढी रुख विरुवा लडाएको बताए । गए राती गाउँमा ठुलो क्षती टरेको उनको भनाई थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles