Thursday, March 27, 2025

हरिवन स्थित लखन्देही बगरमा १७ सय आँपको बिरुवा रोपियो

ताजा / भरखरै प्राप्त

हरिवन–सलाहीको हरिवन नगरपालिका स्थित लखन्देही नदी उकास जमिनमा वृक्षारोपण गरिएको छ ।

विश्व वातावरण दिवसको अवसरमा हरिवन नगरपालिका–५, घुर्कौली स्थित लखेन्देही नदी उकास जमिनमा वृक्षारोपण गरिएको हो । हरिवन नगरपालिको साझेदारीमा २५.५ हेक्टर जमिनमा १७ सय वटा विभिन्न जातका आँपको बिरुवा रोपिएको स्थानीय आयोजक ग्रामिण स्वयम सेवक समाजले जनाएको छ ।

कृषि वन कार्यक्रम अन्तरगत दातृ संस्था युएनडिपीको आर्थिक सहयोगमा वृक्षारोपण गरिएको संस्थाका अध्यक्ष दधिराम पौडेलले जानकारी दिनुभयो । स्थानीय विपन्न परिवारलाई आय आर्जन समेत गराउने उद्देश्य सहित यस संस्थाले नदी उकास बगरमा खेती गराउने कार्यक्रम गर्दै आएको छ ।

वृक्षारोपण कार्यक्रम पुर्व सहभागि स्थानीय, बिभिन्न बिद्यालयका छात्रछात्राहरु लगाएतलाई कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य जवाहरलाल कुशवाह, हरिवन नगरपालिकाका मेयर रमेश बुडाथोकी (कमल), युएनडिपीका क्षेत्रीय प्रवन्धक धनबहादुर चन्द लगाएतले वन संरक्षण र आवश्यक्ताको बिषयमा प्रष्ट पारेका थिए ।

मधेश प्रदेशसभा सदस्य जवाहरलाल कुशवाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हरिवन नगरपालिकाका मेयर बुडाथोकी, उपमेयर हरिमाया घलान, लगाएतको आतिथ्यता रहेको थियो । वृक्षारोपण कार्यक्रममा स्थानीय, सामुदायिक तथा संस्थागत बिद्यालयका बिद्यार्थीहरुको समेत सहभागिता रहेको आयोजक संस्थाले जनाएको हो ।

संस्थाले नदीले कटान गरेर बगर बनाएको जमिनमा सिंचाई लगाएतको व्यवस्था गरी स्थानीय १ सय ४३ परिवारलाई बगर खेती गराएको हो । बगर खेतीको पहिलो चरण अन्तरगत फलफुलको वृक्षारोपण र त्यस भित्र तरकारी लगाएतको बाली लगाउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको हो ।

खेर गईरहेको बगरमा बिद्युती करण गरी सिंचाईको व्यवस्था गरिएको छ । संस्थाले स्थानीय विपन्न परिवारलाई बगरमा मल, बिउँ विजन लगाएतको सहयोगमा खेती गराउने गरेको छ । यसरी बगरमा गरेको खेतीबाट स्थानीयले मनग्य आम्दानी समेत गरिरहेको बताएका छन् ।

फलफुलको बिरुवा सानो रहुन्जेल अन्तर खेतीको रुपमा तरकारी खेती हुने र पछि फलफुलको रुखबाट समेत फलफुल उत्पादनबाट आम्दानी हुने गरी कृषि वन कार्यक्रम संचालन गरिएको हरिवन नगरपालिकाका मेयर रमेश बुडाथोकी(कमल)ले जानकारी दिनुभयो ।

यस्तै विश्व वातावरण दिवसको अवसरमा सर्लाहीको हरिवन नगरपालिकामा स्थित सगुन बचत तथा ऋण सहकारी संस्थाले पनि वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

हरिवन नगरपालिका–३, मोहनपुर स्थित योगेश्वर महादेव मन्दिर परिसरमा १३० वटा विभिन्न फूलका बिरुवा रोपिएको संस्थाका व्यबस्थापक रविन्द्र रानाले जानकारी दिए । संस्थाको पर्यावरण संरक्षण कार्यक्रम अन्तरगतको बजेटबाट गिलमोहर, असोक, तेजपत्ता, अमला, कल्की लगाएतका सौदर्य दिने फूलका बिरुवा रोपेको थियो ।

वडाध्यक्ष दिपमान लोप्चनको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको संस्थाले जनाएको छ । विश्व वातावरण दिवसको अवसरमा जिल्लामा वृक्षारोपण, अन्तरकृया, सरसफाई लगाएतका कार्यक्रम सम्पन्न गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles