Thursday, December 12, 2024

हरिवनमा समुदायमा क्षयरोग सम्बन्धी अन्तरकृया सुरु

ताजा / भरखरै प्राप्त

भक्ती रिजाल, हरिवन– सर्लाहीको हरिवन नगरपालिकाले क्षयरोगबारे सचेतनाका लागि समुदायमा क्षयरोग सम्बन्धी अन्तरकृया सुरु गरेको छ ।

नगरपालिकाका स्वास्थ्यकर्मीको टोलीले नगर अन्तरगतका गाउँ र टोल–टोलमा पुगेर स्थानीय सगँ अन्तरकृया सुरु गरेका स्वास्थ्य शाखाले जनाएको हो । नगरपालिकालाई निकट भबिश्यमै क्षयरोगमुक्त नगर घोषणा गर्ने उद्देश्य सहित अभियानलाई तिब्र बनाईएको क्षयरोग अधिकृत रोशनी घतानीले बताईन् ।

यसरी गाउँ–गाउँ, घर–घरमा पुगेर गरेको अभियानले क्षयरोगीको पहिचान तथा खोजी हुन्छ । उन्ले भनिन्, यसले गर्दा लुकेर रहेका रोगी बाहिर ल्याउने र उपचार गर्ने गरेरमात्र क्षयरोग पुर्ण नियन्त्रण गर्न सकिने भएकाले अभियान संचालन गरिएको हो । सचेतना पछिमात्र क्षयरोग नियन्त्रणहुने उन्ले बताईन् ।

यस नगरपालिकालाई छिटै क्षयरोगमुक्त पालिका बनाउने अभियानलाई कडाइका साथ सन्चालन गरिएको नगर स्वास्थ्य प्रमुख रामबाबु चौधरीले जानकारी दिए । नगर स्वास्थ्य नीति तयार भएकोले अब नगरका कसैले स्वास्थ्य सेवाबाट बन्चित हुनु नपर्ने र “सबैका लागि स्वास्थ्य’’ भन्ने नारा ब्यबहारमा लागू हुने मेयर रमेश बुढाथोकी(कमल)ले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles