Tuesday, July 16, 2024

हरिवनमा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिताको सम्पन्न

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको हरिवनमा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न भएको छ ।

सोमबार हरिवन नगरपालिका–८, महादेव जनता माध्यामिक बिद्यालयको आयोजनामा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगितामा आयोजक महादेव जनता माध्यामिक बिद्यालय प्रथम भएको छ । भने, सर्लाही एम्बिसन द्धितिय, सनराइज आवासीय मावी तृतिय, ओमनिका ज्ञानज्योती आवासीय मावी नयाँरोड र मोडेल युरिका एकेडेमी सुखेपोखरीले सान्त्वना स्थान हासिल गरे ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने बिद्यालयलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक तथा विद्यालयका प्रधानाध्यापक गिरिराज रानाले जानकारी दिए । कार्यक्रम हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मोहन कुमार कार्कीको जानकारी दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अतिरिक्त क्रियाकलाप अन्तर्गत आगामी आर्थिक वर्षमा नगर स्तरीय विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक रानाले बताए । बार्षिक क्यालेण्डर अनुसार अतिरिक्त कृयाकलाप अन्तरगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको महादेव्र जनता माध्यामिक बिद्यालयले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles