Thursday, December 12, 2024

हरिवनमा दुई विपन्नलाई वडाले बजेटबाट घर

ताजा / भरखरै प्राप्त

राजु लो तामाङ, हरिवन–सर्लाहीको हरिवन नगरपालिकाका दुई अतिविपन्न परिवारलाई वडाको बजेटबाट पक्की घर हस्तान्तरण गरिएको छ ।

शनिवार हरिवन नगरपालिका–५, स्थित जाग्रीती टोला निवासी घरबार नभएकी अतिविपन्न एकल महिला सिता देवी र अतीविपन्न अमृत लामालाई पक्की घर निर्माण गरेर हस्तान्तरण गरिएको हो । दुवै जनालाई वडा कार्यलयको चालु आर्थिक बर्षको बजेटबाट पक्की घर निर्माण गरेर हस्तान्तरण गरिएको वडाध्यक्ष नागेन्द्र साहले जानकारी दिए ।

निर्माण सम्पन्न घर मधेश प्रदेश सरकारका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री बेची लुंगेलीले हस्तान्तरण गरिन् । ‘‘जसको कोही छैन्, उस्का लागि स्थानीय सरकार’’ भन्ने अभियान अन्तरगत दुई विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको थियो । यस किसिमको कार्यले विपन्न नागरिकले समेत स्थानीय सरकारको अनुभुती गर्न पाएका मन्त्री लुंगेलीले बताईन् ।

९ लाख बजेटमा निर्माण सम्पन्न भएको दुई पक्की घर भुकम्प प्रतिरोधी रहेको वडाध्यक्ष साहको दावी छ । घरमा दुई वटा कोठा र एउटा शौचालयका लागि सानो कोठा निर्माण गरिएको छ । सुरक्षित आवास नभएका कारण आफुहरुले टाउको समेत लुकाउन नपाएको लाभग्राही सिता देवीले बताईन् । घर पाएपछि निकै ठुलो राहत भएको भन्दै उन्ले खुसी व्यक्त गरिन् ।

जिवन भरी मेहनत गरेर पनि एउटा छानोको व्यवस्थापन गर्न नसकेको आफुहरुको लागि स्थानीय सरकारले अमुल्य उपहार दिएको अर्का लाभग्राही लामाले प्रतिकृया दिए । यस वडा कार्यालयले हाल सम्म अति विपन्न, अपांगता भएका, एकल महिला गरेर ५ परिवारलाई सुरक्षित आवास निर्माण गरेर हस्तान्तरण गरिसकेको छ ।

केही विपन्न परिवारका लागि आयआर्जनका लागि बिद्युतीय मयुरी लगाएत उद्यमका सामाग्री समेत वितरण गरेको वडाकार्यलयले जनाएको हो । नागरिकको सुरक्षित आवासको अधिकार सुनिश्चत गर्दै घर हस्तान्तरण गरिएको नगरका मेयर रमेश बुडाथोकी(कमल)ले जानकारी दिनुभयो । घर हस्तान्तरण कार्यक्रममा नेता सुरेन्द्र लाखा, जनप्रतिनिधि लगाएत स्थानीयको समेत उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles