Thursday, March 27, 2025

हरिवनमा ट्राफिक प्रहरी बिट र सिसि क्यामेरा उद्घाटन

ताजा / भरखरै प्राप्त

भक्ति रिजाल, हरिवन–सर्लाहीको हरिवन नगरपालिका स्थित पुर्व–पश्चिम लोकमार्गमा निर्माण भएको प्रहरी बिट र सिसि क्यामेरा उद्घाटन गरिएको छ ।

सोमबार एक औपचारिक कार्यक्रमका विच हरिवन नगरपालिका–११, कडरिया चोकमा निर्माण भएको ट्राफिक प्रहरी बिटको औपचारिक उद्घाटन गरिएको हो । प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको प्रमुख आतिथ्यतामा ट्राफिक प्रहरी बिट उद्घाटन गरिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

हरिवन नगरपालिकाले निर्माण गरि दिएको ट्राफिक प्रहरी बिट उद्घाटन सर्गैँ प्रहरीलाई हस्तान्तरण गरिएको नगरपालिकाका प्रशासकिय प्रमुख देवेन्द्र सापकोटाले जानकारी दिए । औपचारिक कार्यक्रम हरिवन नगरपालिकाका मेयर रमेश बुडाथोकी (कमल) को अध्यक्षतामा सम्पन्न भएको थियो ।

यस्तै नगर क्षेत्र भित्र पर्ने पुर्व–पश्चिम लोकमार्गमा सवारी निगरानीको लागि जडान गरिएको सिसि टिभि क्यामेरा पनि उद्घाटन गरिएको हरिवन नगरपालिकाले जनाएको हो । राजमार्ग क्षेत्रको नयारोड स्थित काटा र हरिवन स्थित कडरिया चोकमा दुई थान अत्याधुनिक र अन्य २५ स्थानमा उच्च गुणस्तरको गरी २७ स्थानमा सिसि क्यामेरा जडान गरिएको छ ।

सिसि क्यामेरा जडानले सवारी सम्बन्धी विभिन्न घटना तथा दुर्घटनाको अनुसन्धान तथा निगरानी र नगरमा शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने एक प्रहरी अधिकारीले बताए ।

यस्तै सोही कार्यक्रमका विच ईलाका प्रहरी कार्यलय हरिवनले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आफु कार्यलय प्रमुख भएर हाजिर भए देखी आज सम्म कार्यलय परिवारले गरेको कार्य सम्पादन विवरण नागरिक समक्ष सार्वजनिक गरेको प्रहरी निरिक्षक अनिलराज गिरिले बताए । यस कार्यालयले सम्पादन गर्ने कार्यका विषयमा नागरिक समाजको तर्फबाट उठेका प्रश्नको एसपी रविन्द्र बहादुर सिङले जवाफ दिएका थिए ।

यसैविच केही दिन पहिला मात्र सर्लाहीबाट सरुवा हुनु भएका प्रमुख जिल्ला अधिकारी धमलालाई बिदाई समेत गरिएको हरिवन नगरपालिकाले जनाएको हो । प्रमुख जिल्ला अधिकारीलाई नगरको तर्फबाट औपचारिक विदाई गरिएको मेयर बुडाथोकीले बताए । विदाई कार्यक्रममा हरिवन स्थित उद्योगी ब्यापारी लगाएत विभिन्न संघ संस्थका प्रमुख प्रतिनिधि समेत को उपस्थिती रहेको थियो ।

कार्यक्रममा नगरकी उपमेयर हरिमाया घलान, जिल्ला प्रहरीका एसपी सिङ, सशस्त्र प्रहरीका एसपी बिनोद राज खनाल, हरिवन नगरपालिका–११, का वडाध्यक्ष शेष मेहबुब रेजा, जनप्रतिनिधिहरु, विभिन्न कार्यलयका प्रमुख एवं प्रतिनिधि लगाएतको आतिथ्यता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles