Tuesday, July 16, 2024

हड्डी अड्किएर बृद्धको ज्यानगयो,घाट पुर्याएको शव परिक्षणको लागि अस्पतालमा

ताजा / भरखरै प्राप्त

लालबन्दी– सलाहीको लालबन्दीमा मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर एक बृद्धको मृत्यु भएको छ ।

शुक्रबार लालबन्दी नगरपालिका–१३, पत्थरकोटको चुरेक्षेत्र स्थित सानो नारायणडाँडा निवासी ६९ वर्षीया टुल्कीमाया श्रेष्ठको कुखुराको हड्डी अड्किएर ज्यान गएको हो । अत्यधिक मदिरा सेवन पछि कुखुराको काचो मासु खाएकी उन्को घाटीमा हड्डी अड्किएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यलय पत्थरकोटका अनुसार बृद्ध टुल्कीमायाले जेठ २५ गते साँझ लालबन्दी नगरपालिका–१३, पत्थरकोट स्थित छेडा गाउँबाट कुखुराको मासु किनेर लगेकी थिईन् । मदिराले लठ्ठ उनले बाटोमा नै काँचो मासु खाँदा घाँटीमा हड्डी अड्किएको थियो । जेठ २६ गते उपचारका लागि स्वास्थ्य चौकी पत्थरकोट पुगेकी उनी थप उपचारको लागि अन्यत्र जान भएपछि घर फर्कीएकी थिईन् ।

घाँटीमा अड्किएर बसेको हड्डी बोेकेरै घरै बसेकी श्रेष्ठको शुक्रबार बिहान ४ बजेतिर घरमै मृत्यु भएको हो । एक्लै बस्ने गरकी टुल्कीमायाको शव स्थानीयले मिलेर अन्त्येष्टिका लागि घाट पुर्याएपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का सङ्कलन गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles