Tuesday, July 16, 2024

सिटिजन बैंकद्वारा बिद्यालयलाई स्मार्ट टिभी हस्तान्तरण

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बरहथवा बजारमा रहेको सिटिजन बैँक शाखाले बामगतीमा रहेको एक बिद्यालयलाई स्मार्ट टिभी प्रदान गरेको छ ।

बुधबार बागमती नगरपालिका–५, स्थित सोल्टीमा रहेको श्री जनता नमुना माध्यामिक बिद्यालयलाई बैँक शाखाले टिभी हस्तान्तरण गरेको हो । बैँकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत ४३ ईन्चको टिभी हस्तान्तरण गरिएको बैँक शाखा प्रमुख गोविन्द लामिछानेले जानकारी दिए । बाल कक्षामा अध्यन गर्ने बालबालिकाहरुको सुविधाका लागि टिभी प्रयोग गरिने बिद्यालय प्रशासनले जनाएको छ ।

कार्यक्रममा बोल्दै बैँकका प्रदेश प्रमुख खड्गीले बिद्यालयका बालबालिकाहरुलाई प्रविधि मैत्री सेवा प्रवाहमा सुविधा पुर्याउने गरी टिभी हस्तान्तरण गरिएको बताए । सोही कार्यक्रमका विच बागमती नगरपालिका–८, सोल्टी बजारका होलसेल पसल सञ्चालन युवा व्यवसायी राजेश प्रसाद चौधरीले बिद्यालयलाई १९० लिटर क्षमताको फ्रिज उपहार स्वरुप प्रदान गर्ने घोषणा समेत गरे ।टिभी विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिलहरी पोखरेललाई हस्तान्तरिण गरिएको थियो ।

टिभी हस्तान्तरण कार्यक्रममा बागमती नगरपालिका–५, का कार्यवाहक वडाध्यक्ष दुर्गेबहादुर दर्लामी, समाजसेवी नरेश ग्रान्जा, स्थानीय युवा व्यवसायी राजेश प्रसाद चौधरी, सिटिजन बैंकका प्रदेश प्रमुख खड्गी, क्लस्टर हेड सनी खतिवडा लगाएतको आतिथ्यता रहेको बिध्यालयका प्रधानाध्यापक लोकनाथ दहालले जानकारी दिए । सहयोगि दाता तथा संस्था प्रती बिद्यालय प्रशासनले धन्यवाद समेत ज्ञापन गरेको प्रधानाध्यापक दहालले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles