Tuesday, July 16, 2024

सर्लाही प्रहरीद्वारा ५ फरार प्रतिवादी पक्राउ

ताजा / भरखरै प्राप्त

मलंगवा–सर्लाही प्रहरीले विभिन्न मुद्धामा फरार रहेका ५ अभियुक्तलाई पक्राउ गरेको छ ।

विभिन्न मुद्धामा जरिवाना फैसला भई फरार रहेका दोसीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–११, सरोज राय यादव, कविलासी नगरपालिका–७, बस्ने लालु कापर, बिष्णु गाउँपालिका–६, खराई सिमरा बस्ने चन्द्रकला मण्डल, ब्रह्मपुरी गाउँपालिका–२, निवासी मुरारी प्रसाद साह र बलरा नगरपालिका–१०, बस्ने धर्मेन्द्र महतो रहेको प्रहरीले जनाएको हो ।

पक्राउ परेका यादव सार्वजनिक मुद्धामा एक हजार, कापर जालसाजी मुद्धामा पाँच हजार ६२५ रुपैया, मण्डल अपहरण तथा शरीरबन्धक मुद्धामा २० हजार, साह वनपैदवार अवैध ओसारपसार मुद्धामा एक लाख र महतोलाई कुटपिट मुद्धामा दुई हजार जरिवाना फैसला गरेको छ । फैसला कार्यान्वयनका लागि उनीहरुलाई जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जनाकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles