Tuesday, July 16, 2024

सर्लाही प्रहरीद्वारा ५ जना फरार प्रतिवादी अदालत पेस

ताजा / भरखरै प्राप्त

मलंगवा–सर्लाही प्रहरीले विभिन्न मुद्धामा फरार रहेका पाँच जना प्रतिवादीलाई अदालत पेस गरेको छ ।

जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसार विभिन्न मुद्धाका फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेर अदालतमा पेस गरेको हो । पक्राउ पर्नेमा बिष्णु गाउँपालिका–६, निवासी शिवजी मण्डल, कौडेना गाउँपालिका–७, का सुरेश साह, रुपसागर साह, कविलासी नगरपालिका–२, का कालु साह र जितेन्द्र साह रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मण्डल अपहरण र शरीर बन्धक मुद्धामा फरार रहेका थिए । उन्लाई जिल्ला अदालतबाट ५० हजार जरिवाना फैसला भएको थियो । भने, सुरेशलाई हत्या उद्योगमा ३० हजार र रुप सागरलाई १० हजार जरिवाना फैसला भएको अदालतले जनाएको हो ।

यस्तै कालु साहलाई दुर्भावनापुर्ण अंगभंग मुद्धामा ५ हजार र जितेन्द्रलाई चेक बेइज्जत मुद्धामा अदालतले ३ हजार रुपैया जरिवाना फैसला गरेको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । अदालतले जरिवाना फैसला गरे पछि उनीहरु लुकिछिपी बस्दै आएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles