Tuesday, July 16, 2024

सर्लाहीमा मृत अवस्थामा दुई जनाको सव फेला

ताजा / भरखरै प्राप्त

सर्लाहीको बलरा र हरिपुरमा दुई जना मृत फेला परेका छन् ।

आईतबार बिहान जिल्लाको बलरा नगरपालिका स्थित अचलगढमा पानीमा ढुबेको अवस्थामा एक बृद्ध मृत फेला परेकी हुन् । बलरा नगरपालिका–९, अचलगढ निवासी बुनिलाल रायको ८० बर्षिया श्रीमती राधिका देवी यादव हुलाकी सडकमा पर्ने पुल मुनी मृत फेला परेकी प्रहरीले जनाएको हो ।

विहान मर्निङ वाकका लागि निस्केकी बृद्धा पुल कट्ने क्रममा खुटा चिप्लिएर पुलमुनी खसेको आशंका गरिएको छ । बृद्धको सवको प्रकृति मुचुल्का पछि परिक्षण गरी आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै जिल्लाको हरिवपुर नगरपालिका स्थित असनवा टोल नजिकै खेतमा नाम थर नखुलेका एक पुरुषको सव फेला परेको प्रहरीले जनाएको छ । हरिपुर नगरपालिका–५, निवासी रामआशिष चौधरीको खेलमा मृत अवस्थामा सव देखे पछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । लगतै प्रहरीले सव परिक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएको छ ।

प्रहरीका अनुसार ३५÷४० बर्षका जस्ता देखीने कालो खैरो बुट्टा भएको ट्राउजर र क्रिम कलरको हाफ सेण्डो लगाएको मुसहरमाझी जस्तो देखीने पुरुषको सव फेला परेको जिल्ला प्रहरीका प्रवक्ता एंव डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । घटनाको थप अनुसन्धान भईरहेको उनको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles