Tuesday, July 16, 2024

सर्लाहीको हरिपुर्वामा चट्याङ लागेर दुई महिला घाईते

ताजा / भरखरै प्राप्त

हरिपुर्वा–सर्लाहीको हरिपुर्वामा पानी सगैँ परेको चट्याङ लागेर दुई महिला घाइते भएका छन् ।

बुधबार बिहान पानी सगैँ परेको चट्याङ लागेर हरिपुर्वा नगरपालिका–७, बस्ने ४० बर्षकी सुनैना देवी र सोही स्थानकी २३ बर्षकी अञ्चला देवी सामान्य घाईते भएका छन् । सुनैनालाई घरमै काम गरिरहेको अवस्थामा र अञ्चलालाई धारामा पानी थाप्ने क्रममा चट्याङ लागेको प्रहरीले जनाएको हो ।

दुवै जना स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि घर फर्किएका जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । दुवैलाई बाहिरी चोट नदेखिएको तथा दुवैजनाको घरमा समेत चट्याङले क्षती नपुर्याएको प्रहरीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles