Tuesday, July 16, 2024

सर्लाहीको रामनगरमा एक युवक माथि धारिलो हतियार प्रहार

ताजा / भरखरै प्राप्त

रामनगर–सर्लाहीको रामनगर गाउँपालिकामा एक युवक माथि धारिलो हतियार प्रहार भएको छ ।

बुधबार बिहान खेतमा काम गरिरहेको अवस्थामा रामनगर गाउँपालिका–१०, सुदामा बस्ने कुन्दन चौधरी माथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठका अनुसार धारिलो हतियार प्रहारबाट घाईते चौधरीको प्रादेशिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको छ ।

घटना लगतै प्रहरी टोली घटना स्थल पुगे र अुनसन्धान गरिरहेको प्रहरीले जनाएको हो । चौधरी माथि कस्ले र किन धारिलो हतियार प्रहार गर्यो भन्ने बिषयमा थप अनुसन्धान भईरहेको छ । घटनामा संलग्न मध्य केहीको पहिचान भईसकेको र केही पक्राउ समेत परेको श्रोतको भनाई छ ।
आफ्नै खेतमा काम गरिरहेका चौधरी माथि अन्दाधुन्द खुकुरी प्रहार भएको प्रत्यक्ष दर्शीको भनाई छ ।

धारिलो हतियार प्रहारबाट चौधरीको ढाड, खुट्टा, टाउँको लगाएत शरिरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles