Tuesday, July 16, 2024

सर्लाहीको बागमतीमा चट्याङ लागेर एक महिला गम्भीर घाईते

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमतीमा बर्षा सहित परेको चट्याङ लागेर एक जना महिला गम्भीर घाईते भएकी छिन् ।

शुक्रबार बिहानै देखी जिल्लाको उत्तरी क्षेत्रमा चट्याङ सहित आरिघोप्टे बर्षा भएको थियो । सोही क्रममा परेको चट्याङ लागेर बागमती नगरपालिका–१, मिलनचोक बस्ने दिलबहादुर आलेको श्रीमती ६४ बर्षकी गोमा आले मगर गम्भीर घाईते भएकी ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो ।

आफ्नै खेतको आलीमा कामगर्ने क्रममा उन्लाई चट्याङ लागेको थियो । उन्लाई बागमती नगरपालिका–११, स्थित सभ्यता अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिरगंज रिफर गरिएको जिल्ला प्रहरीका प्रवक्त एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

यसै विच चट्याङले लालबन्दी नगरपालिका–१७, गैरी टोल बस्ने मंगल कामीको घरमा जडान गरेको बिद्युतको मिटर बक्समा क्षती पुगेको छ । बिहान कामीको टायलले छाएको घरमा चट्याङ परेको थियो । घटनामा थप क्षती हुन नपाएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

यस्तै बुधबार परेको चट्याङबाट एक महिला घाईते हुनुका साथै, ईश्वरपुर नगरपालिका–१३, मा दुई र लालबन्दी नगरपालिका–१६, मा दुई गरी चार वटा घरमा जडान भएको बिद्युतिय मिटर बक्समा क्षती पुगेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles