सर्लाही–पछिल्लो १२ घण्टामा सर्लाहीमा १५६.८ मिलिमिटर बर्षा भएको छ ।
मोसम पुर्वाअनुमान महाशाखाका अनुसार जिल्लाको पत्थरकोट स्टेसनमा पछिल्लो १२ घण्टामा १५६.८ मिलिमिटर बर्षा मापन भएको हो । १२ घण्टामा १२० मिलिमिटर भन्दा धेरै बर्षा भए खतरा हुने महाशाखाले जनाएको छ । अत्यधिक बर्षा भएपछि महाशाखाले सूचना प्रकाशन तथा प्रशारण गर्दै सुरक्षित रहन आग्रह गरेको छ ।
महाशाखाले बाढी तथा डुवानको जोखिम रहेका स्थानका नागरिकहरुलाई साझ सम्मै सतर्कता अपनाउन आग्रह गरेको छ । अत्यधिक बर्षाका कारण खहरे खोला नालामा बाढी आउन सक्ने महाशाखाले चेतावनी दिएको छ । भने, जिल्लाका होचा स्थानमा रहेको बस्तीहरुमा समेत डुवानको जोखिम रहेको जनाएको हो ।
जिल्लामा राती देखीनै सामान्य बर्षा भएको भएपनि बिहानबाट आरिघोप्टे बर्षा भएको हो । बर्षाका कारण ठाउँ–ठाउँमा पानी जमेर सडकहरु अबरुद्ध बनेको छ । बर्षातले जिल्लाको पुर्व पश्चिम राजमार्ग स्थित हरिवन र नयारोड लच्कामा जमेको पानीले सवारी आवागमनमा समेत केहीबेर निकै सास्ती भएको छ ।
यता बर्षातको वितण्डा उग्र बनेको भन्दै चिन्ता व्यक्त हुन थालेको छ । निकासलाई ध्यान नदिएका स्थानमा सामान्य पानी पर्दा समेत घरहरु डुवानमा पर्न थालेका छन् । भने, विभिन्न संरचनाहरुमा क्षती हुन थालेको स्थानीयको भनाई छ । तर, यस तर्फ स्थानीय तहले कुनै चासो नदेखाएका स्थानीयको आरोप छ ।