Tuesday, July 16, 2024

सर्लाहीका १७ पालिकाको बजेट १० अर्ब बढी, तीन पालिकाले बजेट ल्याएन्न

ताजा / भरखरै प्राप्त

सर्लाही–देशमै धेरै २० वटा पालिका रहेको सर्लाहीका १७ पालिकाले आगामी आर्थिक बर्षका लागि १० अर्ब बढिको बजेट ल्याएका छन् ।

हरेक बर्ष असार १० गते भित्र आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउनु पर्ने व्यवस्था अनुसार जिल्लाका १८ वटा पालिकाले समयमै नगर सभा प्रारम्भ गरेका हुन् । त्यस मध्य एक पालिकाले नीति तथा कार्यक्रम मात्र सभामा पेस गरेको छ । भने, दुई वटा पालिकाले नगर सभानै प्रारम्भ गर्न सकेका छैन्न ।

समयमै नगर सभा प्रारम्भ गरेका १७ वटा पालिकाले १० अर्ब ४० करोड, ६ लाख ४८ हजार २ सय ९९ रुपैया बराबरको बजेट सभामा पेस गरे । जिल्लामा सबै भन्दा धेरै बजेट लालबन्दी नगरपालिकाले पेस गरेको छ । यस पालिकाले आर्थिक बर्ष २०८१÷०८२ का लागि एक अरब ५१ करोड, ४८ लाख ९२ हजार बराबरको अनुमानित बजेट पास समेत गरिसकेको जनाएको हो ।

यस्तै जिल्लामा सबैभन्दा थोरै पर्सा गाउँपालिकाले ३२ करोड ८७ लाख ४३ हजार रुपैया बराबरको अनुमानित बजेट सभामा पेस गरेको छ । जिल्लाका अधिकांस पालिकाहरुले पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको पाहिएको छ । केही पालिकाहरुले भने, कृषि, शिक्षा, स्वास्थ्य, सडक एवं भौतिक पुर्वाधारलाई प्राथमिकतामा राखेर बजेट बनाएको दावी गरे ।

यस्तै ईश्वरपुर नगर कार्यपालिकाले आर्थिक बर्ष २०८१÷०८२ का लागि ९४ करोड ४९ लाख ८३ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । बरहथवा नगरकार्यपालिकाले ८१ करोड ६६ लाख ९९ हजार ९९९ रुपैया, कविलासी नगरकार्यपालिकाले ७९ करोड ३ लाख ८९ हजार रुपैया, बलरा नगर कार्यपालिकाले ७३ करोड, ८६ लाख ८९ हजार रुपैया बराबरको बजेट सभामा पेस गरेको हो ।

यस्तै गोडैटा नगरकार्यपालिकाले ६८ करोड, दुई लाख, १४ हजार रुपैया, हरिपुर नगर कार्यपालिकाले ६६ करोड, ६३ लाख, ५६ हजार रुपैया, चन्द्रनगर गाउँ कार्यपालिकाले ५८ करोड, ४० लाख रुपैया, मलंगवा नगर कार्यपालिकाले ५६ करोड ७४ लाख, २७ हजार रुपैया, हरिपुर्वा नगर कार्यपालिकाले ४३ करोड, ३१ लाख, २३ हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ ।

धन्कौल गाउँ कार्यपालिकाले आगामी आर्थिक बर्षका लागि ४२ करोड ९९ लाख ८ हजार रुपैँया बराबरको बजेट पेस गरेको छ । भने, ब्रह्मपुरी गाउँ कार्यपालिकाले ४२ करोड, ३८ लाख ५० हजार रुपैया, चक्रघट्ट गाउँकार्यपालिकाले ३९ करोड, ३७ लाख, ७४ हजार रुपैया, बसबरिया गाउँकार्यपालिकाले ३६ करोड, ७८ लाख, ७७ हजार ३ सय एक रुपैया र रामनगर गाउँ कार्यपालिकाले ३६ करोड, २३ लाख, ५४ हजार रुपैया बराबरको बजेट ल्याएको छ ।

यस्तै कौडेना गाउँ कार्यपालिकाले आगामी आर्थिक बर्षको लागि ३५ करोड, ७३ लाख, ६८ हजार ९ सय ९९ रुपैया बराबरको बजेट सभामा पेस गरेको गाउँपालिका अध्यक्ष रुपेश कुमारले जानकारी दिनुभयो । सभामा पेस भएको नीति, कार्यक्रम तथा बजेट पारितका लागि अहिले कार्यपालिकाका सदस्यहरु बैठकमा व्यस्त भएका बरहथवा नगरपालिकाका वडाध्यक्ष राकेश सहनीले बताए ।

यस्तै हरिवन नगरपालिकाले समयमै परिषद् उद्घाटन गरेको भएपनि बजेट सार्वजनिक गरेको छैन् । आन्तरिक छलफल नपुगेकाले तत्कालका लागि नीति तथा कार्यक्रम मात्र सार्वजनिक गरिएको पालिकाले जनाएको हो । अब बस्ने कार्यपालिका बैठकले बजेटमा छलफल गरेर पास गर्ने मेयर रमेश बुडाथोकी (कमल)ले जानकारी दिए । यस पालिकामा गत आर्थिक बर्ष पनि प्रतिनिधि विचको विवादले ढिला गरेर बजेट पास भएको थियो ।

यस्तै जिल्लाको बागमती नगरपालिका र बिष्णु गाउँपालिकामा परिषद् अनिश्चित बनेको छ ।
बागमती नगरपालिकामा मेयर र उप–मेयर दुवै निलम्बनमा परेका कारण परिषद अनिश्चित बनेको हो । अख्तियारले मेयर र उप–मेयर बिरुद्ध बिषेश अदालतमा मुद्दा दायर गरेपछि दुवै जना निलम्बित भएका छन् । स्थानीय सरकार संचालन ऐनले यस विषयमा कुनै व्यवस्था नगरेका कारण समस्या भएको प्रशासकिय प्रमुख हरिलाल गिरीले जानकारी दिए ।

यस्तै बिष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादव अस्वस्थ भएर उपचार गराईरहेकाले गाउँसभा समयमै गर्न नसकिएको प्रशासकिय अधिकृत संजिव सापकोटाले जानकारी दिए । अध्यक्ष यादवलाई केही दिन पहिला हृदयघातको समस्या भएपछि काठमाण्डौमा उपचारको लागि पुर्याईएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles