मलंगवा– सर्लाहीको मलंगवामा आयोजित कार्यक्रमका विच सप्ताहव्यापी ट्राफिक सचेतनामूलक अभियान सुरु गरिएको छ ।
बिहिबार सदरमुकाम मलंगवामा औपचारिक कार्यक्रमका विच अभियानको उद्घाटन गरिएको हो । सडक अनुसासन तथा सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक सचेतना मुलक कार्यक्रम–२०८१, सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरका प्रमुख प्रहरी निरिक्षक मदन थापाले जानकारी दिए ।
असार १२ गते बुधबार सम्म संचालन हुने अभियान अन्तरगत विभिन्न कार्यक्रम आयोजना गरिने तयारी भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीका अनुसार अब क्रमै संग जिल्लाका विभिन्न बिद्यालयमा ट्राफिक सचेतना कार्यक्रम, यान्त्रीक परिक्षण शिविर, सवारी चालक तथा सहचालक स्वास्थ्य परिक्षण शिविर समेत आयोजना गरिने भएको छ ।
यस्तै यातायात व्यवसायी तथा सरोकारवाला सगँ अन्तरकृया, प्रचा पम्प्लेटिङ लगाएतका कार्यक्रम समेत संचालन गरिने प्रहरी निरिक्षक थापाले बताए । उद्घाटन कार्यक्रमका क्रममा बिहिबार जिविस चोक देखी सुजता होटल सम्म ट्राफिक प्रहरी, विभिन्न बिद्यालयका छात्रछात्रा, सुरक्षा निकायका प्रमुख प्रतिनिधि, जनप्रतिनिधि, सरोकारवाला निकाय लगाएतको उपस्थितीमा प्रभात फेरी समेत आयोजना गरिएको थियो ।
प्रभातफेरी पछि आयोजित कार्यक्रममा ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्युनिकरणको सवालमा बक्ताहरुले विचार राखेका थिए । मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, नेपाली सेना भैरवीदल गण पाँचकुमारी ब्यारेकका गणपति एवं प्रमुख सेनानी सूर्यबहादुर कार्की, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहलगायतको उपस्थितीमा उद्घाटन समारोह सम्पन्न गरिएको हो ।