हरिवन–सर्लाहीको हरिवन नगरपालिका स्थित सडक किनारमा ट्रि– गार्ड सहित बृक्षारोपण गरिएको छ ।
बुधबार हरिवन नगरपालिका–१०, र ७ नम्बर अन्तरगत सडक किनारमा वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यलय सर्लाहीको आयोजना तथा हरिवन नगरपालिका प्रधानमन्त्री रोजगार शाखाको समेत सहकार्यमा वृक्षारोपण गरिएको छ । नगरको नयाँरोड–बरहथवा सडक खण्ड अन्तरगत वृक्षारोपण गरिएको १० नम्बर वडाका वडाध्यक्ष शम्भु प्रसाद मैनालीले जानकारी दिए ।
सडकको दुवै किनारामा करिब एक किलोमिटर वृक्षारोपण गर्ने कार्यको शुभाराम्भ गरिएको डिभिजन वन कार्यालयका प्रमुख मन्जुर अहमदले जानकारी दिए । हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो । हरिवन नगरपालिकालाई नाम जस्तै हराभरा बनाउनु पर्ने उपमेयर घलानले औल्याउनु भयो । आगामी दिनमा पनि वन तथा बातावरण सम्बन्धी कार्यक्रमका लागि सहकार्य गर्न सकिने डिभिजन वन प्रमुख अहमदको भनाई थियो ।
कार्यक्रममा हरिवन नगरपालिकाका प्रशासकिय प्रमुख देवेन्द्र सापकोटा, फेकोफन प्रदेश प्रतिनिधि उत्तर कुमार मैनाली, सामुदायिक वन उपभोक्ता महसंघ सर्लाही अध्यक्ष सिताराम पोख्रेल, ७ नम्बर वडाका वडाध्यक्ष निरध्वज कार्की, लेखा अधिकृत प्रतीक कार्की, योजना शाखा प्रमुख उत्तम थापा, अनुगमन समिति सदस्य मिरा मिक्चन, डिभिजन वन कार्यालयका वन अधिकृत सजन चौधरी, जानकीनगर सव डिभिजन कार्यालयका प्रमुख हेरोहित चौधरी, मुर्तिया सव डिभिजन प्रमुख चन्द्र प्रकाश यादव लगाएतको आतिथ्यता रहेको थियो ।
सडक किनारमा रोपिएको बोट विरुवाहरुको हेरचाह, संरक्षण तथा सुरक्षाको जिम्मेवारी वडा कार्यालयको रहने डिभिजन वन कार्यलयले जनाएको छ । यसरी ठुलो धनराशी खर्चिएर रोपिएका अधिकांस बिरुवाको संरक्षणमा भने उदासिनता देखाईने गरेको पाहिएको छ ।