Tuesday, July 16, 2024

शीर्षस्थानमा बागमतीको बर्चस्व कायमै

ताजा / भरखरै प्राप्त

बागमती–मोफसलको उदाउदो क्लवको रुपमा रहेको बागमती युवा क्लवले जारी सहिद स्मारक सी डिभिजन लिगमा शीर्षस्थानको बर्चस्व कायम राखेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा स्पोर्ट्स एकेडेमी साँगालाई २–० गोल अन्तरले पराजित गर्दै बागमतीले थप तीन अंक जोडेको हो । बागमतीको सहज जितमा दुवै गोल राज भुषालले गरेका हुन् । भूसालले खेलको १५ औँ र २४ औं मिनेटमा गोल गरे ।

यो जित सँगै बागमती दोस्रो स्थानमा रहेको आरसी ३२ सगँ ३ अंकको दुरी कायम गर्न सफल भएको छ । ११ खेल खेलेको बागमतीको २६ अंक छ । भने, समान खेल खेलेको आरसी ३२ को २३ अंक मात्र भएको छ ।

बागमतीले अब बाँकी दुई खेल खेल्ने छ । जेठ २३ गते बागमतीले गोलबजार फुटवल क्लव र २८ गते पुलचोक फुटबल क्लव सगँ खेल्ने छ । बागमती लिंग विजेता बन्दै बि डिभिजन उक्लने योजनामा छ । लिग च्याम्पियन बन्दै उपाधि लिएर फर्कने तयारीमा रहेको क्लवका सचिव कुमार प्रधानले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles