बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित शंकरपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको उद्घाटन तथा दोस्रो साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार एक कार्यक्रमका विच उपभोक्ता समितिको उद्घाटन तथा दोस्रो साधारण सभा सम्पन्न गरिएको संस्थाका अध्यक्ष खड्ग नारायण श्रेष्ठले जानकारी दिए । मधेश प्रदेश सरकारकी उर्जा, सिंचाई तथा खानेपानी मन्त्री बेची लुंगेलीको प्रमुख आतिथ्यतामा संस्थाको उद्घाटन तथा दोस्रो साधारण सभा सम्पन्न गरिएको थियो ।
संस्थाको भौतिक संरचना निर्माण कार्य सम्पन्न सगैँ उद्घाटन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । संघिय ससर्त अनुदानबाट प्राप्त बजेट एक करोड ४१ लाख ६३ हजार ९ सय १६ रुपैया ४१ पैसामा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ४५० घनमिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण सम्पन्न गरिएको थियो ।
यस्तै डिभिजन खानेपानी कार्यलय सर्लाहीबाट प्राप्त बजेटबाट विभिन्न समयमा गरी खानेपानी संस्थाको कार्यलय भवन, एउटा डिपबोरिङ, भवन, कार्यलय परिसरमा कम्पाउण्ड वाल, गेट तथा केही स्थानमा खानेपानी सप्लाई पाईप लाईन समेत निर्माण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । बजेट अभावमा अझै पनि आयोजना सम्पन्न गर्न नसकिएको उहाँको भनाई छ ।
तत्कालका लागि बागमती नगरपालिका–८ र १० नम्बर वटा स्थित सोल्टी बजार क्षेत्रका २ सय ५० घर धुरीलाई पानी खुवाउने अवस्था रहेको संस्थाका सचिव बिरबहादुर खड्काले जानकारी दिए । औपचारिक उद्घाटन गरिएको भन्दै भोलीबाटै धारा जडान गरी पानी वितरण सुरु गरिने उहाँको भनाई छ । आयोजनाको क्षमता अनुसार सेवा प्रवाहमा पाईपलाई विस्तार तथा डिपबोरिङ गर्नु पर्ने सचिव खड्काले बताए ।
सभामा संस्थाका पदाधिकारीहरुद्वारा विभिन्न प्रतिवेदन समेत पेस गरेका थिए । कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि मन्त्री लुंगेलीले खानेपानी जस्तो सम्बेदन सिल विषयमा आफु गम्भिर रहेको बताईन् ।
कार्यक्रमा मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाह, खानेपानी तथा सरसफाई डिभिजन कार्यलय सर्लाहीका प्रमुख रामनाथ साह, बागमती नगरपालिका–८, का वडाध्यक्ष डम्बर बहादुर कार्की, बृहत खानेपानी तथा सरसफाई बागमती–१, का अध्यक्ष बसन्त भट्टराई, साना किसान सहकारी संस्था शंकरपुरका अध्यक्ष भुपेन्द्रमान श्रेष्ठ लगाएतको आतिथ्यता रहेको थियो ।