लालबन्दी–सर्लाहीको लालबन्दीमा १० दिने ब्युटिसियन तालिम सम्पन्न भएको छ ।
बिहिबार लालबन्दी नगरपालिका–६, स्थित वडा कार्यालयको सभाहलमा एक कार्यक्रमका विच तालिमको समापन गरिएको हो । नगरकी उपमेयर कल्पनामाया पाख्रिनको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको कार्यक्रमका अध्यक्ष एवं वडाध्यक्ष लालकुमार योन्जनले जानकारी दिए ।
वडा कार्यलयको बजेटबाट सिप सिकेर स्वरोजगार बन्ने चहाना भएका महिलाहरुलाई तालिममा सहभागि गराईएको वडा कार्यलयले जनाएको हो । तालिम समापन समारोहमा बोल्नुहुदै उपमेयर पाख्रिनले सिपको भरपुर सदुपयोग गर्न आग्रह गरिन् ।
मेहनत गर्न सके आफ्नै गाउँ ठाउँमा पेसा व्यवसाय गरेर पनि प्रसस्त आम्दानी गर्न सकिने भन्दै काममा भेदभाव गर्न नहुने बताईन् । उपमेयर पाख्रिनले आधारभुत तालिमबाट सिकेका कुरालाई निखार्न फेरी नगरमा कार्यक्रम माग्न समेत आग्रह गरिन् ।
यसरी सिकेको सिपबाट महिलाहरु स्वरोजगार भएको प्रसस्त उदाहरण रहेको समेत उनको भनाई थियो । १० दिन सम्म संचालन भएको तालिममा वडाका १५ जना महिला तथा युवतीहरु सहभागि भएका थिए । यस तालिमबाट आफुहरु शौँदर्यकरण सम्बन्धी ६ वटा काम सिकेको सहभागिहरुले बताए ।
समापन कार्यक्रमका बिच तालिममा सहभागिताको प्रमाण पत्र समेत वितरण गरिएको थियो । वडाध्यक्ष लालकुमार योन्जनको अध्यक्षतामा समापन समारोहमा मेचिमहाकाली बुहारी समुहकी प्रदेश उपाध्यक्ष नगरको मेड्पा शाखाका समीर सुवेदी, महिला वडा सदस्य लगाएतको आतिथ्यता रहेको थियो ।
तालिम वडाको आर्थिक सहयोग तथा आर एण्ड ए टेक्निकल ट्रेनिङ सेन्टरको आयोजनामा सम्पन्न भएको कार्यक्रम संचालक पत्रकार क्षितिज बिश्वकर्माले जानकारी दिए