Monday, October 7, 2024

लालबन्दीको लंगुर डाँडाबाट १६ क्वीन्टल बढि गाँजा बरामद

ताजा / भरखरै प्राप्त

लालबन्दी–सर्लाही प्रहरीले लालबन्दीको लंगुर डाँडाबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको छ ।

गोप्य सूचनाको आधारमा गएराती जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी टोलीले जिल्लाको दुर्गम मानिने लालबन्दी नगरपालिका–१४, डाईनी खोला स्थित विकट लंगुर डाँडा पुगेको थियो । प्रहरीले स्थानीय एक घरमा लुकाई छिपाई राखेको अवस्थामा १६ क्वीन्टल १२ किलो ८५० ग्राम गाँजा बरामद गरेको हो । बरामद गाजाँ तथा अन्य सामाग्री बिहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

काठले बनेको दुई तले घरमा गाँजा भण्डारण गरेर राखेको सूचना पाएपछि रातभरी छापा मारिएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंङले जानकारी दिए । गाजाँ टिनको १५ वटा र प्लाष्टिकको एउटा ड्रम र बोरामा प्याक गरेर घर र शौचालयमा लुकाई राखेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको हो । घटना स्थलबाट गाँजा प्याक गर्न प्रयोग गर्ने च्याप्ने मेसिन एक थान र दुई थान जग समेत बरामद भएको छ ।

छापामारीको लागि प्रहरी आउदै गरेको सूचना पाएका स्थानीय र घर धनी रातीनै गाउँ छाडेर भागेका प्रहरीले जनाएको हो । प्रहरी टोली बुधबार दिउसो घटना स्थल तर्फ लागेको र बिहिबार बिहान ३ बजे सम्म उक्त घर र आसपासमा छापामारी अभियान चलाएको थियो । घटनास्थलमा प्रहरी उपरीक्षको कमाण्डमा ८० जना र सशस्त्र प्रहरी नायव उपरीक्षको कमाण्डमा ४५ जना प्रहरी परिचालन भएका थिए ।

बरामद गाँजा सोही स्थानमा उत्पादन गरी भण्डार गरिएको प्रहरीले अनुमान गरेको छ । प्रहरी प्रशासनको समेत पहुच नपुग्ने उक्त दुर्गम स्थानमा भण्डारण भएको गाजाँ क्रमिक रुपमा तस्करहरुले विभिन्न बजार पुर्याएर बिक्री बितरण गर्दे आएको हुनसक्ने प्रहरी उपरीक्षक सिङको भनाई थियो । यहाँ उत्पादन हुदै आएको गाँजा नेपाली तथा भारतिय बजारहरु सम्म तस्करी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ठुलो परिणाममा अबैध गाँजा तस्करी घटनामा महोत्तरीबाट सर्लाहीका एक युवक पक्राउ पछि सर्लाही प्रहरीले गाँजा भण्डारण गरेको स्थानको शुष्म अनुसन्धान गरिरहेको थियो । सर्लाही प्रहरीले लागु औषध नियन्त्रणमा हातपारेको यो ठुलो उपलब्दी रहेको प्रहरी श्रोतले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles