Tuesday, July 16, 2024

लालबन्दिमा जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाईयाे

ताजा / भरखरै प्राप्त

सर्लाहीकाे लालबन्दिमा जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस भव्यताका साथ मनाईएकाे छ ।

साेमबार लालबन्दी नगरपालिका-७, स्थित लालबन्दी पार्टी प्यालेसकाे सभाहलमा कार्यक्रम सम्पन्न गरिएकाे हाे । लालबन्दी नगरपालिकाका मेयर बाशुदेव अधिकारीकाे प्रमुख आतिथ्यतामा दिवस अन्तरगतकाे कार्यक्रम सम्पन्न गरिएकाे सम्युक्त दलित नगर संजाल लालबन्दीले जनाएकाे हाे ।

कार्यक्रमका अधिकांश बक्ताहरूले सम्पुर्ण किसिमका विभेद र छुवाछुत अन्त्यकाे लागि सबै एक ठाउँमा उभिनु पर्ने धारणा राखे । अज्ञानता र अशिक्षाकै कारण अझै पनि समाजमा जातिय विभेदले जरागाडेर बसिरहेकाेले यसकाे अन्त्यकाेलागी समाजका सबै जातजाती र तह तप्काबाट पहल गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि मेयर अधिकारीले धारणा राखे ।

कार्यक्रममा पुर्व सांसद रविन्द्र बैठा, वाईसिएल केन्द्रिय सचिव समीर बराईली, लालबन्दी नगरपालिकाका प्रशासकिय अधिकृत वसन्त न्याैपाने, विभिन्न पार्टीका नेता, संघ संस्थाका प्रमुख एवं प्रतिनिध, नगरका जनप्रतिनिधि, अधिकारकर्मी लगाएतकाे आतिथ्यता रहेकाे थियाे । लालबन्दी नगरपालिकाकाे आर्थिक सहयाेगमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles