Tuesday, July 16, 2024

लागुऔषध सहित भारतिय नागरिक पक्राउ

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको हरिवन प्रहरीले लागु औषध सहित एक भरतिय नागरिकलाई पक्राउ गरेको छ ।

सोमबार हरिवन नगरपालिका–७, साईफन चोकबाट लागु औषध सहित भारतको सितामढी ग्राम मैबी बस्ने २५ बर्षका राहुल तिवारी पक्राउ परेको हो । ईलाका प्रहरी कार्यलय हरिवनबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेक जाँच गर्ने क्रममा तिवारी सवार भारतिय नम्बर बिआर ०५ एल ८३०८ नम्बरको मोटरसाईकलबाट लागु औषध बरामद भएको हो ।

मोटरसाईकलको ट्यांकी र सिट मुनी लुकाएको अवस्थामा ११९ बोटल विण्केरेक्स–१०० एम एल, बरामद भएको प्रहरीले जनाएको छ । बरामद मध्य एक बोटल खाली फेला परेको थियो । भने, ११८ बोटल सिलप्याक बरामद भएको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो । पक्राउ परेका तिवारी, सवार मोटरसाईकल र बरामद लागु औषध सहित अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

तिवारी लागु औषध बोकेर पुर्व–पश्चिम राजमार्ग तर्फ आउदै गर्दा पक्राउ परेका हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles