Tuesday, July 16, 2024

बिग्रीएको लरीमा बस ठोक्किदा तीनजनाको मृत्यु

ताजा / भरखरै प्राप्त

बागमती– सर्लाहीको बागमतीमा बिग्रीएर रोकिएको लरीमा बस ठोक्किदा तीनजनाको मृत्यु भएको छ ।

बिहिबार बिहान बागमती नगरपालिका–११, स्थित पुर्वपश्चिम राजमार्गमा बिग्रीएर रोकिराखेको लरीमा यात्रु बस ठोक्किदा तीनजनाको मृत्यु भएको छ । भने, दर्जनौ यात्रु घाईते भएका छन् । दुर्घटनामा रुपन्देही जिल्ला मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, मायादेवी गाउँपालिका–२, निवासी ८५ बर्षका दशरथ कोहार र ५० बर्षका राम करण केवटको मृत्यु भएको हो ।

दुर्घटनामा घाईते भएकाहरुको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारको लागी बिरगंज तथा जनकपुर रिफर गरिएको प्रहरीले जनाएको छ । रुपन्देहीबाट जनकपुर तर्फ जादै गरेको लु १ ख ८८४८ नम्बरको यात्रु बाहक बस अलकत्रा बोकेको एन एल ०१ एएच ९२५२ नम्बरको लरीको पछाडीबाट ठोक्किएको थियो ।

लरी बिग्रीएर सडकै पार्किङ गरी बनाई रहेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाईते भएका तीनै जनालाई हरिवन स्थित नमुना अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यलयका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । बसमा ४० जना यात्रु सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles