Thursday, October 10, 2024

बागमती युवा क्लव ‘बि’ डिभिजनमा बढुवा

ताजा / भरखरै प्राप्त

बागमती– मोफसलको चर्चित बागमती युवा क्लव ‘बि’ डिभिजनमा बढुवा भएको छ ।

जारी सहिद स्मारक सी डिभिजन लिग अन्तरगतको खेलमा उत्कृष्ठ खेल प्रदर्शन गर्दै बागमती ‘बि’ डिभिजनमा बढुवा भएको हो । अंक तालिकाको शिर्ष दुईमा स्थान पक्का गरेको बागमतीले दुई खेल अगावै ‘बि’ डिभिजनको यात्रा तय गर्यो । भने, एक खेल कम खेलेको आरसी ३२ ले बागमती सगँ अंक बराबरी गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सानेपासँग अंक तालिकाको तेस्रो स्थानमा रहेको पुल्चोक स्पोर्ट्स क्लब २–१ गोल अन्तरले पराजित भएसँगै ‘बी’ डिभिजन लिगमा बढुवा हुने टोलीको टुंगो लागेको हो । अंक तालिको तेस्रो स्थानमा रहेको पुल्चोकले हार ब्यहोरे सगैँ शिर्ष दुईमा पुग्ने मौका गुमाएको थियो ।

बागमती युवा क्लवले ‘बि’ डिभिजनमा बढुवा भएर पहिलो लक्ष्य पुरा गरेको क्लवका महासचिव सागर मैनालीले जानकारी दिए । क्लवलाई माया गर्ने खेलप्रमेमी र खेलाडिहरुको कडा मेहनतबाट सफलता हात परेको उनको भनाई छ । बागमतीले उपाधिको लागि १२ औँ र १३ औँ चरणको खेल जेठ २३ गते गोलबजार र २८ गते पुलचोक सगँ खेल्ने छ ।

यस पटक लिग च्याम्पियन बन्ने दोस्रो ठुलो लक्ष्य रहेको क्लवका सचिव कुमार प्रधानले बताए । ‘खेलाडिहरु उच्च मनोवलका साथ खेली रहेका छन् ।’ सचिव प्रधानले भने, ‘यस पटक च्याम्पियन शिल्ड लिएर बागमती फर्कने योजना छ ।’ ‘बि’ डिभिजन बढुवाले मोफसलमा फुटवल प्रतिको क्रेज बढ्ने उनको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles