बागमती–सर्लाहीको बागमतीमा विश्व वातावरण दिवसको असवरमा वृक्षारोपण तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार बागमती नगरपालिका–१, स्थित १, २, र ३ नम्बर वडाको सम्यूक्त वडा कार्यालय परिसरमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरिएको हो । बागमती महिला जनप्रतिनिधि संजालको आयोजनामा भएको कार्यक्रममा स्थानीय, समाजसेवी, बुद्धिजिवी, भद्रभलाद्मी लगाएतको सहभागितामा वृक्षारोपण गरिएको वडा सदस्य गिता मगरले जानकारी दिईन् ।
संजालकी सदस्य सिता परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल नेपाल महिला संघ वडा समिति अध्यक्ष चन्द्रावती श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । हिमवन्ती नेपाल र माण्डवी संस्थाको समन्वयमा विभिन्न कार्यक्रम सहित विश्व वातावरण दिवस मनाईएको संजालले जनाएको हो ।
यस्तै वृक्षारोपण कार्यक्रम अन्तरगत बागमती–१, स्थित काली भैरवी प्राथमिक बिद्यालय प्रांगणमा समेत ५० वटा विभिन्न जातका फलफुलका बिरुवा लगाईने भएको छ । सचेतना तथा वृक्षारोपण कार्यक्रममा कौशिल्य कुमारी, सम्युक्त वडा सचिव भिमबहादुर बिश्वकर्मा, मिलनचोक मावीका बिध्यालय व्यवस्थापन समिति अध्यक्ष उमेश बानिया लगाएतको आतिथ्यता रहेको थियो ।