Tuesday, July 16, 2024

बागमतीमा टि–२० बिश्वकप प्रत्यक्ष प्रशारणको तयारी

ताजा / भरखरै प्राप्त

बागमती–जारी टि–२० बिश्वकप अन्तरगत नेपाल र नेदरल्याण्ड विचको खेल प्रत्यक्ष प्रशारण गर्न जिल्लाका विभिन्न ठाउँमा तयारी भएको छ ।

नेपाली समय अनुसार राती सवा ९ बजेबाट सुरु हुने खेल जिल्लाका विभिन्न सार्वजनिक स्थान तथा खेल मैदानहरुमा प्रोजेक्टरबाट देखाउन लागिएको हो । बागमतीमा पनि बागमती युवा क्लवले प्रोजेक्टरबाट खेल देखाउने तयारी गरेको छ । बागमती–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ खेल मैदानमा खेल देखाउने तयारी गरिएको क्लवका क्रिकेट विभाग प्रमुख अक्षयलाल साहले जानकारी दिए ।

टि–२० बिश्वकप अन्तरगत आजको खेल हेर्न क्रिकेट प्रेमी दर्शक निकै उत्साहित देखीएका छन् । प्रतियोगिता देखाउन ठाउँ ठाउँमा पालिका तथा विभिन्न संघ संस्थाहरुले समेत तयारी गरेको जनाएका छन् । नेपालले विगत १० बर्षमा दोस्रो पटक टि–२० बिश्वकप क्रिकेट प्रतियोगिता खेल्न लागेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles