Tuesday, July 16, 2024

बागमतीकी पुष्पालाई ग्लोबल आईएमईको छात्रवृत्ति

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित श्री ५ महेन्द्र जनता माध्यामिक बिद्यालयमा अध्यनरत पुष्पा श्रेष्ठलाई ग्लोबल आईएमई बैँकले छात्रवृत्ति प्रदान गरेको छ ।

बैँकको नियमित कार्यक्रम अन्तरगत कक्षा ६ मा अध्यनरत् छात्रा श्रेष्ठलाई कक्षा १२ सम्म अध्यनमा सहयोग पुर्याउने उद्देश्य सहित छात्रवृत्ति प्रदान गरेको बैँक केन्द्रिय कार्यलयले जनाएको हो । यस बैँकले बर्षेनी प्रतेक प्रदेशमा ५ जनाको दरले देश भरीबाट ३५ जना जेहेन्दार, विपन्न छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

सोही कार्यक्रम अनुसार आवेदन माग भएको र हरिवन शाखाबाट पेस गरिएको आवेदन मध्य छात्रा श्रेष्ठ छनोट हुन सफल भएकी शाखाका अप्रेसन इन्चार्ज मिनराज घिमिरेले जानकारी दिए । अब श्रेष्ठको नाममा बैँकको हरिवन शाखामा रहेको खातामा केन्द्रबाट प्रतेक महिना एक हजारको दरले पैसा जम्मा हुने घिमिरेले जानकारी दिए ।

छात्रवृत्तिको लागि छनौँट भएकी छात्रा पढाईमा पनि अब्बल तथा निकै जेहेन्दार बिद्यार्थी रहेकी बिद्यालयका प्रधानाध्यापक नवकिरण श्रेष्ठले बताए । विपन्न परिवारकी छात्रालाई छात्रवृत्ति प्रदान गरी अध्यनमा सहयोग पुर्याई दिएको भन्दै प्रधानाध्यापक श्रेष्ठले बैँक परिवार प्रति आभार समेत ब्यक्त गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles