Tuesday, July 16, 2024

बसबरियामा भएको आगलागीबाट फारम जलेर नष्ट

ताजा / भरखरै प्राप्त

बसबरिया– सर्लाहीको बसबरिया गाउँपालिका स्थित एकादशी खोला नजिकै कुखुराको खाली फारममा आगलागी भएको छ ।

शुक्रबार बसबरिया गाउँपालिका–२, स्थित एकादशी खोला किनारमा रहेको श्यामबाबु साहको कुखुराको फारम जलेर नष्ट भएको हो । ७० फिट लामो ३० फिट चौडाई भएको सिमेन्टको पिल्लर, बाँस, काठ र फुसले बनेको खोरमा एक्कासी आगलागी भएको स्थानीयको भनाई छ ।

आगलागीबाट एक थान साईकल सहित विभिन्न फारमका सामाग्री जलेर नष्ट हुदा ४ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो । आगो के कारणले लागेको हो ? खुल्न नसकेको ईलाका प्रहरी कार्यलय मानपुरले जनाएको छ । आगो स्थानीय र प्रहरीको प्रयासमा नियन्त्रणमा आएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles