Tuesday, July 16, 2024

बलरामा बिद्यालय भवन शिलन्यास

ताजा / भरखरै प्राप्त

बलरा–सर्लाहीको बलरा नगरपालिकामा बिद्यालय भवनको शिलन्यास गरिएको छ ।

शुक्रबार बलरा नगरपालिका–२, जमुनिया टोलमा रहेको सुन्दरमाई प्राथमिक बिद्यालयको पक्कि भवन शिलन्यास गरिएको हो । बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहले बिद्यालयको ४ कोठे पक्की भवनको शिलन्यास गरेका पालिकाको शिक्षा शाखाले जनाएको हो ।

मधेश प्रदेश सरकार अन्तरगत शिक्षा तथा संस्कृती मन्त्रालयको २५ लाख र नगरको २० लाख गरेर ४५ लाख लागतम दुई तल्लाको ४ कोठे भवन निर्माण हुनलागेको मेयर कुशवाहले जानकारी दिए । दुई–दुई कोठाको दुई तल्ले भवन निर्माण हुने बिद्यालय प्रशासनले जनाएको हो ।

प्रदेशको बजेट अन्तरगतको दुईकोेठाको भुई तला अषाढ मसान्तमा निर्माण सम्पन्न हुने उल्लेख छ । त्यस पछि नगरको बजेट अन्तरगतको माथिल्लो तल्लाको काम श्रावणबाट सुरु गरेर असोज सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको मेयर कुशवाहले जानकारी दिए ।

सुविधा सम्पन्न पक्कि भवन निर्माण पछि पठन पाठनमा सहज हुने अपेक्षा गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles