Friday, January 24, 2025

बरहथवामा करेन्ट लागेर दाजुको ज्यान गयो, भाई घाईते

ताजा / भरखरै प्राप्त

बरहथवा– नेपाल टेलिकम बरहथवामा काम गर्ने एक युवकको करेन्ट लागेर ज्यान गएको छ । भने, अर्का एक घाइते भएका छन् ।

बिहिबार सर्लाहीको बरहथवा नगरपालिका–१० निवासी रामनारायण ठाकुरको जेठा छोरा २१ बर्षको अबोध ठाकुरको करेन्ट लागेर ज्यान गएको छ । भने, ठकुरका कान्छा छोरा १९ बर्षका आनन्द ठाकुर पनि करेन्ट लागेर घाईते भएका छन् । बरहथवा नगरपालिका–५, स्थित नेपाल टेलिकमको कार्यलयमा काम गर्ने क्रममा ठाकुर दाजुभाईलाई करेन्ट लागेको प्रहरीले जनाएको हो ।

करेन्ट लागेर गम्भीर घाईते भएका अबोधको उपचारको क्रममा हरिवन स्थित सरस्वती अस्पतालमा मृत्यु भएको हो । भाई आनन्दको भने अवस्था खतरामुक्त रहेको ईलाका प्रहरी कार्यलय बरहथवाका प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिए । उन्को बरहथवा स्थित संजिवनी अस्पतालमा उपचार भईरहेको छ ।

दुवै दाजुभाई केही समय देखी नेपाल टेलिकम कार्यलय बरहथवामा ज्याला मज्दुरीका रुपमा कार्यरत रहेको खुलेको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो । मृतकको शव परिक्षणको लागि प्रादेशिक अस्पताल पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles