सर्लाही–सर्लाहीको फूलजोर बाबा साझेदारी वनको अध्यक्षमा नेपाली कांग्रेसका विनोद पन्जियार निर्वाचित भएका छन् ।
ईश्वरपुर नगरपालिका–६, स्थित नारायण माध्यमिक विद्यालय बयलवासमा भएको मतदानबाट हरिपूर्वा नगरपालिका स्थित बसन्तपुर निवासी पन्जियार १६१ मत सहित अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसकै संस्थापन इतर पक्षका प्रदीपराज मैनालीले २५ मत मात्रै प्राप्त गरे ।
अध्यक्ष पदका अन्य प्रत्यासी विमलेश रायले ६३, रामकिशुन यादवले ५४ र कमल मैनालीले २ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको हो । अध्यक्ष सहित अन्य सदस्यहरुमा पनि कांग्रेसको संस्थापन पक्षकै वर्चस्व रहेको छ । निर्वाचनबाट एमालेको र लोसपाका उम्मेदवार पनि बिजयी भएका छन् ।
नेकपा एमालेका समेत दुई प्यानलमा विभाजित भई निर्वचनमा होमिएका थिए । वन समुहको उपाध्यक्षमा सुरेन्द्र महतो सर्वसम्मत चयन भएका हुन् । भने, मधेशी सदस्यमा गौरीशंकर यादव पनि निर्विरोध भएका थिए । समितिको दलित सदस्यमा रामप्रसाद महरा १४४ र आदिवासी जनजाति सदस्यमा चुल्हाई सिंह १३५ मत सहित विजयी भए ।
तीन जना महिला सदस्यमा सिकिबती देवी ९४, रीतादेवी घिसिङ ११६ र चन्द्रकलादेवी महरा १३० प्राप्त गरी निर्वाचित भइएका हुन् । खुल्ला सदस्यहरुमा खेमराज राय १५३, रामकैलाश राय ११६, जगदिस महतो कोइरी १११, विजय महतो ११८, मंगलबहादुर भुजेल १२२, वरुण कुमार दाहालले १५१ र लालबाबु साहले १२४ मत पाए ।
यस्तै वडा सदस्यबाट विष्णुबहादुर कार्की ३० मत प्राप्त गरी विजयी भएका हुन् ।
फूलजोर बाबा साझेदारी वनको नयाँ नेतृत्व चयनका लागि शनिवार मतदान भएको थियो । मतदानमा फूलजोर बाबा साझेदारी वन अन्तर्गत पर्ने जिल्लाको ५ पालिकाका ४७ वडाबाट छानिएर आएका ३२९ जना प्रतिनिधिमध्ये ३२२ जनाले मतदान गरेका थिए ।
रातीनै मत गणना गरी अन्तिम परिणाम घोषणा गरिएको थियो । फूलजोर बाबा साझेदारी वनको चार सीमा : पूर्व पश्चिम राजमार्गदेखि उत्तर, बाँके खोलादेखि पश्चिम, फूलजोर खोलादेखि पूर्व र घारिबथान गाउँदेखि दक्षिणतर्फ पर्छ ।