Tuesday, July 16, 2024

प्रहरीले १० लाख बढिको सामाग्री भन्सार बुझायो

ताजा / भरखरै प्राप्त

मलंगवा–सर्लाही प्रहरीले लाखौँ मुल्य बराबरको भन्सार छलिका सामाग्री जिल्ला भन्सारमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार विभिन्न समयमा जिल्ला प्रहरी तथा मातहतका विभिन्न प्रहरी युनिटहरुले उक्त सामाग्री बरामद गरेका थिए । बरामद सामाग्री तथा ओसार पसारमा प्रयोग भएको ५ थान भारतिय नम्बर प्लेट भएको मोटरसाईकल समेत गरी १० लाख ९ हजार ७२५ रुपैया मुल्य कायम गरी भन्सारमा बुझाएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

बरामद समाग्रीहरुमा लत्ता कपडा, किराना सामाग्री, पेय पदार्थ, ईलोक्ट्रोनिक्स र कस्मेटिक सामानहरु रहेको प्रहरीले जनाएको हो । केही दिन देखी प्रहरीले सिमा क्षेत्रमा उपस्थिती बढाए सगैँ भन्सार छलिका सामाग्री धमाधम बरामद हुनथालेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles