Thursday, October 10, 2024

‘पढ्दै कमाउदै’ कार्यक्रमका सहभागि बिद्यार्थी सम्मानित

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिकामा रहेको श्री ५ महेन्द्र जनता माध्यामिक बिद्यालयले पढ्दै कमाउदै कार्यक्रममा सहभागि छात्रछात्राहरुलाई सम्मान गरेको छ ।

शुक्रबार बागमती नगरपालिका–११, बिद्यालय प्रांगणमा आयोजित एक कार्यक्रमका विच कुखुरा पालन र च्याउँ खेतीमा संलग्न छात्रछात्राहरुलाई सम्मान गरिएको हो । बिद्यार्थीहरुलाई सिप सगँ जोड्ने उद्देश्य सहित सुरु भएको ‘पढ्दै कमाउदै’ कार्यक्रम यस बिद्यालयमा पनि संचालनमा छ । कार्यक्रम अन्तरगत यस बिद्यालयमा कुखुरा पालन, बाख्रा पालन, च्याउ खेती र ब्लक निर्माण सम्बन्धी सिप सिकाउने गरिएको छ ।

छात्रछात्राहरुले कार्यक्रम मार्फत आम्दानी समेत गरेका छन् । उनीहरुले आम्दानी गरेको मुनाफाबाट ३१ जना सहभागिलाई नगद सहित सम्मान गरिएको बिद्यालयका प्रधानाध्यापक नव किरण श्रेष्ठले जानकारी दिए । उनीहरुले कुखुरा पालनबाट मुनाफा आर्जन गरेको ६८ हजार २ सय रुपैयाबाट प्रति बिद्यार्थी २ हजार दुई सय रुपैयाका दरले वितरण गरिएको हो ।

बिध्यार्थीहरुले चालु आर्थिक बर्षमा तीन लट एक÷एक हजार वटाको दरले कुखुराको चल्ला हुर्काएर बिक्री गरेको ‘पढ्दै कमाउदै’ कार्यक्रम संयोजक हिरामाया लोप्चनले जानकारी दिनुभयो । बिद्यालयले स्थानीय व्यवसायी सँग खोर भाडामा लिएर कुखुरा पालन कार्यक्रम संचालन गरेको छ । खोरको रेखदेख देखी कुखुरामा हुने समस्या समाधानमा समेत उनीहरु नै खटिने गरेका छन् ।

यस्तै कक्षा ९, १० र ११ मा अध्यन गर्ने १९ जना छात्रछात्राहरुले बाख्रा पालन गरेका छन् । २५ वटा बाख्रा आपसमा बाडेर पालन गरिएको ११ कक्षामा पढ्ने छात्रा एलिसा परियारले बताईन् । गत कात्तिकबाट पाल्न सुरु गरेको बाख्रा ३५ वटा पुगेको छ । यसरी बाख्रा पालन सम्बन्धी सिप आर्जन गरेर घर परिवारलाई समेत सघाउने गरेको उनीहरुको भनाई छ ।

बिद्यालयका १२ जना छात्रछात्राहरुले च्याउ खेती गर्दै आएका छन् । कक्षा ९, १० र ११ मा पढ्दै गरेका बिद्यार्थीहरुले कार्यक्रम मार्फत च्याउ उत्पादन गरी बिक्री समेत गरेका थिए । उनीहरुले च्याउ बिक्रीबाट आर्जन गरेको पैसा प्रति बिद्यार्थी ४ सयको दरले वितरण समेत गरेका छन् । उनीहरुले बिद्यालयमै सिमेन्टको ब्लक समेत निर्माण गर्ने गरेका छन् । यस पहिला निर्माण गरेको ३५० वटा ब्लक बिद्यालयलाई हस्तान्तरण गरेका एक बिद्यार्थीले बताए ।

यस कार्यक्रम विपन्न बिद्यार्थी तथा अभिभावकहरुका लागि निकै लाभदायक बनेको छ । १२ कक्षा उतिर्ण गरि सक्दा बिद्यार्थीहरुले कम्तिमा ४ वटा सिप आर्जन गरिसक्ने प्रधानाध्यापक श्रेष्ठले बताए ।

यसैविच यस बिद्यालयमा स्थापना भएको स्वर्गीय इन्द्र लोक डम्बर कुमारी खड्का अक्षयकोषको रकम बृद्धि गरिएको छ ।

बागमती नगरपालिका–११, निवासी बद्रि कुमार खड्का र शेर बहादुर खड्काले स्थापना गरेको अक्षय कोषको आज बुबाको पुण्य तिथिको अवसर पारेर रकम थप गरिदिएका हुन् । खड्का परिवारले स्वर्गीय आमा बुवा इन्द्र लोक डम्बर कुमारी खड्काको नाममा २०७५ सालमा अक्षयकोष स्थापना गरिदिएका थिए ।

सुरुमा एक लाख ५० हजार रुपैया जम्मा गरिएको अक्षयकोषमा आज थप एक लाख जम्मा गरिदिएको कोषका संरक्षक बद्रि कुमार खड्काले जानकारी दिए । विपन्न परिवरका जेहेन्दार बिद्यार्थीको पठनपाठनमा थोरै भएपनि सहयोग पुर्याउने उद्देश्य सहित अक्षयकोष स्थापना गरिएको उहाँको भनाई छ ।

खड्काले अक्षयकोषमा जम्मा गर्न एक लाख बराबरको चेक बिध्यालय व्यवस्थापन समिति अध्यक्ष थापालाई हस्तान्तरण गरे । यस अक्षयकोषको रकमबाट प्रतेक बर्ष अक्षा ११ मा अध्यन गर्ने विपन्न जेहेन्दार एक छात्रा र एक छात्रलाई छात्रवृती वितरण गर्ने गरिएको बिद्यालयका प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए ।

बागमती नगरपालिका शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा भएको छात्रवृती रकम थप तथा बिद्यार्थी सम्मान कार्यक्रममा अक्षयकोषका संरक्षक बद्रि कुमार खड्का, व्यवस्थापन समितिका हरि प्रसाद पुडासैनी, जनप्रतिनिधि, स्थानीय शिक्षा प्रेमी, शिक्षक शिक्षिका, बिध्यार्थी लगाएको आतिथ्यता रहेको

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles