Monday, December 2, 2024

नेपाललाई साझा फूलबारी बनाउनु पर्छ : अध्यक्ष महतो

ताजा / भरखरै प्राप्त

लालबन्दी–राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका संयोजक राजेन्द्र महतोले नेपाललाई साझा फूलबारी नबनाएको आरोप लगाउनु भएको छ ।

आईतबार सर्लाहीको लालबन्दीमा आयोजित पत्रकार सम्मेलनमा नेता महतोले यस्तो बताएका हुन् । राष्ट्रिय मुक्ति क्रान्ति पार्टीको अषाढ १ गते सर्लाहीको लालबन्दी बजारमा आयोजना गर्न लागेको मधेश–पहाड एकता सभा ऐतिहासिक हुने समेत उन्ले दावी गरे ।

नेपाल निर्माण भएको जग अनुसार नीति र संविधान नबनेको कारण आज पनि देशमा पहिचान सहितको अधिकार नपाएको उनको तर्क थियो । शासन चलाउनेले देश परिकल्पनाको मर्म नबुझको नेता महतोको भनाई छ । सदिऔँ पहिला देशको एकिकरण सबैको पहिचा मिलाएर गरिएको दावी गर्नुभयो ।

नेपालको विकास नभएको तथा नागरिकले पहिचानको अधिकार समेत नपाएकोले राष्ट्रिय मुक्ति क्रान्ति पार्टीको आवश्यक परेको नेता महतोले दावी गरे । नेपालमा विद्यमान राजनीतिक अस्थिरता, यसका कारण निम्तिएको अराजकता, बेरोजगारी लगाएतको समस्या समाधानको लागी राष्ट्रिय मुक्ति क्रान्ति पार्टी अघिबढेको नेता महतोको भनाई थियो ।

एकता सभाबाट देशमा राष्ट्रिय मुक्ति क्रान्ति पार्टीको अभियानको सन्देश दिन खोजेको उनको भनाई छ । राष्ट्रिय मुक्ति क्रान्तिले देशमा रहेका सबै विभेदको अन्त्यको लक्ष्य लिएको भन्दै नेता महतोले राष्ट्रिय मुक्ति क्रान्ति पार्टी मौलिक वादको पक्षमा सदैब रहेको दोहोर्याए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles