Thursday, October 10, 2024

निगमाको उच्च शिक्षा सम्मको जिम्मा बख्रेलले लिए

ताजा / भरखरै प्राप्त

राधेश्याम कुशवाहा, गोडैता–सर्लाहीको बिष्णु गाउँपालिका निवासी एक विपन्न किशोरीले उच्च शिक्षा सम्मको छात्रावृती पाएकी छिन् ।

आर्थिक अभावमा कठिनाई भोग्दै आएकी बिष्णु गाउँपालिका–१, बाराउधोरण निवासी जिमदार रामको अन्दाजी १४ बर्षिय छोरी निगमा कुमारी रामको पठनपाठनको जिम्मा शिक्षाप्रेमी महेश बख्रेलले लिएका हुन् । शुक्रबार एक कार्यक्रमका विच बख्रेलले रामको कक्षा १२ सम्मको पढाई खर्च आफुले ब्यहोर्ने जानकारी दिए ।

पढाईमा निकै अब्बल निगमा बिष्णु गाउँपालिका– ३, स्थित श्री जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् । पारिवार आर्थिक रुपमा कमजोर रहेका कारण उनी सानै देखि गोडैता नगरपालिका–२, जयपुर स्थित मामा घरमा बसेर पढदै आएकी छिन् ।

सामाजिक अभियन्ता शिवनाथ कहारको विशेष पहलमा बख्रेल युवतीको परिवारिक अवस्था बुझ्न काठमाडौबाट सर्लाही आईपुगेका हुन् । आर्थिक संकटले निगमाको पठनपाठनमा समस्या सृजना भएपछि पत्रकार राधेश्याम कुशवाहाले सामाजिक संघ संस्था तथा वक्तिहरु सगँ सहयोगको पहल गरेका थिए ।

दलित समुदायकी निगमा सानै देखी पढाई लेखाईमा तेज रहेकी स्थानीय सुरेन्द्र महराले बताए । आर्थिक अभावमा उन्लाई कपी, कलम लगायत शैक्षिक सामग्री जुटाउन समस्या हुँदै आएको स्थानीयको भनाई छ । बुबा कुलमा फसेका कारण निगमाकी आमाले मजदुरी गरेर परिवारको पेट पाल्दै आएकी छिन् ।

नातिनी निगमाले उच्च शिक्षा सम्म पढेर ठूलो मान्छे बन्ने चाहना राखेकोले आफुले सकेको प्रयास गरेको हजुरबुबा बिगु रामले बताए । आफु समेत सम्पन्न नरहेकोले आगामी कक्षाको पढाई खर्चका लागी सहयोग गरिदिन आग्रह गरे । निगमा दैनिक ३ किलोमिटर पैदल हिडेर बिद्यालय पुग्ने गरेकी छिन् ।

सहयोग पाए आफुले निकै मिहेनत गरेर पढ्ने निगमाले बताईन् । यस्ता धेरै विपन्न तथा दलित बालबालिका आर्थिक अभावका कारण पठन पाठनबाट बन्चित हुनु परेको भन्दै समाजले यस्ता बालबालिकाहरुको जिम्मा लिनु पर्ने सामाजिक अभियन्ता कहरले बताए ।

शिक्षाको उज्यालो ज्योतीबाट कुनै पनि बालबालिका बन्चित हुनु नपरोस भन्ने स्वर्गीय राजा वीरेन्द्रको भनाइलाई आत्मसाथ गर्दै आफ्नो तर्फबाट थोरै भएपनि सहयोग गर्ने उद्देश्य सहित निगमाको घर सम्म आईपुगेको शिक्षाप्रेमी बख्रेलले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles