Tuesday, July 16, 2024

दोस्रो नगर स्तरिय भलिबलको उपाधी आयोजकलाई

ताजा / भरखरै प्राप्त

बागमती– दोस्रो नगर स्तरिय भलिबलको उपाधि आयोजक मिलनचोक युवा क्लवले जितेको छ ।

सर्लाहीको बागमती नगरपालिकामा सम्पन्न प्रतियोगितामा बाराको कोल्वी भलिबल क्लवलाई २५–१६, २७–२५ र २५–१८ को सोझो सेटमा मिलनचोकले पराजित गरेको हो । विजयी भएको मिलनचोक युवा क्लवले नगद ३५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्यो । भने, उपविजेता बनेको कोल्वी भलिबल क्लवले २० हजार नगद शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगिताको म्यान आफ द टुर्नामेन्टको उपाधि मिलनचोकका खेलाडि शैलेन्द्र यादवले जितेका छन् । मिलनचोकका अभिषेक चौधरी बेष्ट स्पाईकर, विनय यादव बेष्ट सटर, बेष्ट डिफेण्डर दिपेन्द्र थापा र राईजिङ प्लेयरमा सुदिप थापा घोषित भएका छन् । भने, कोल्वीका खेलाडि उमेश चौधरीले बेष्ट ब्लकरको उपधि जितेका छन् ।

गणतन्त्र दिवसको अवसर तथा स्वर्गीय धन बहादुर आलेको सम्झनामा १६ गते बुधबारबाट प्रतियोगिता संचालन भएको थियो । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारा सहित सुरु भएको प्रतियोगिता बागमती नगरपालिका–१, मिलचोक स्थित स्वर्गीय धनकुमारी बानिया खेल मैदानमा सम्पन्न गरिएको आयोजक क्लवका अध्यक्ष गोकर्ण रुपाखेतीले जानकारी दिए ।

प्रतियोगितामा सर्लाही सहित रौतहट र बाराका समेत गरी १९ वटा भलिबल टिमले भाग लिएका आयोजक क्लवका सचिव सुन्दर रानाले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधि मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाह र बागमती नगरपालिकाकी कार्यवाहक मेयर लिला कुमारी मोक्तानले सम्युक्तरुपमा हस्तान्तरण गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles