Thursday, December 12, 2024

दुवै मृगौला पिडित वाईबा परिवारद्वारा सहयोगको याचना

ताजा / भरखरै प्राप्त

बागमती–दुवै मृगौला खराव भएका सर्लाहीको बागमती निवासी पीडित परिवारले सहयोगको याचना गरेका छन् ।

बागमती नगरपालिका–१२, नयाँ बस्ती निवासी ३८ बर्षका बिजय बहादुर वाईबा केही समय देखी दुवै मृगौलेले काम नगरे पछि जिवन मरणको दोसादमा पुगेका हुन् । उपचारका लागि ठुलो रकम लाग्ने भन्दै पीडित परिवारले सहयोगको याचना गरिरहेको छ । पारिवारीक अवस्था निकै कमजोर रहेकोले उपचारका लागि समस्या हुदै आएको श्रीमती छिसल माया बलले जानकारी दिनुभयो ।

पीडित युवक बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए । स्वास्थ्यमा जटिल समस्या आएपछि केही समय पहिला मात्र उनी घर फर्किएका हुन् । उपचारको क्रममा उन्को दुवै मृगौलाले काम नगरेको चिकित्सकले बताएका परिवारको भनाई छ । उन्को तत्काल मृगौला प्रत्यारोपण गर्न सके मात्र जिवन बचाउन सकिने चिकित्सकले बताएका श्रीमती बलले गुनासो गर्नुभयो ।

मृगौला प्रत्यारोपणको लागि कम्तीमा १० लाख रुपैया देखी ३५ लाख सम्म लाग्ने अस्पतालले बताएको भन्दै यती ठुलो रकम खर्चिएर उपचार गर्न सक्ने अवस्था नभए पछि सहयोगका लागि हारगुहार गरिरहेको पीडित परिवारले जनाएका छन् । तत्काललाई बिमारीलाई हाप्ताको तीन पटक डाईलासिस गरेर रोकथाम गरिएको उनीहरुको दुखेसो छ ।

मृगौला पिडित वाईबाको श्रीमती र ३ नाबालक छोरा छन् । घरको एक मात्र कमाउने व्यक्ति रोगले थलिए पछि परिवारको समेत विचल्ली भएको छ । पीडित वाईबाले आफ्नो उपचारमा सहयोग गरि, आफुलाई बचाई दिन आग्रह गर्नु भयो ।

सहयोग गर्न इच्छुक व्यक्तिहरुले उनको पीडित बिजयको श्रीमती छिसल मायाँ बलको मोबाइल नम्बर ९७६९३५११२९ मा सम्पर्क गर्न सक्नु हुनेछ । भने, छिसल मायाँ बलको एनआईसी एसिया बैँक बागमती शाखामा रहेको खाता नम्बर १९३०१००००३४६६०१० मा सिधा रकम जम्मा गर्न सक्ने पीडित परिवारले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles