Monday, October 7, 2024

ट्रफिक सचेतना सप्ताह : पर्चा पम्प्लेट वितरण (फोटो फिचर)

ताजा / भरखरै प्राप्त

सर्लाही–दुर्घटना न्यूनिकरणको उद्देश्य सहित सर्लाहीमा सुरु भएको ट्राफिक सचेतना सप्ताह अन्तरगत पर्चा पम्प्लेट वितरण गरिएको छ ।

गत असार ६ गतेबाट सुरु भएको अभियानमा प्रभात फेरी, अन्तरकृया, बिद्यालयका छात्रछात्राहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी प्रदान, यान्त्रिक परिक्षण शिविर तथा सवारी चालक र सहचालकको स्वास्थ्य परिक्षण शिविर आयोजना गरिएको छ । मधेश प्रदेश गृह सञ्चार ताथ कानुन मन्त्रालय र जिल्ला ट्राफिक प्रहरी कार्यलयको सम्यूक्त आयोजना अभियान संचालन भईरहेको हो ।

अभियान अन्तरगत पुर्व पश्चिम राजमार्ग तथा भित्री सडक खण्डहरुमा समेत ट्राफिक नियम सचेतनाका लागी पर्चा पम्प्लेट वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरका प्रमुख प्रहरी निरीक्षक मदन थापाले जानकारी दिए । अभियान अन्तरगत सोमबार पुर्व पश्चिम राजमार्ग स्थित नयाँरोडमा शिविर आयोजना गरी सवारी चालक र सहचालकको स्मवास्थ्य परिक्षण गरिएको थियो ।

शिविरमा ५० जना भन्दा धेरै सार्वजनिक सवारीका चालक र सहचालकको आँखा तथा रक्तचाप परिक्षण गरीएको थियो । अभियान भोली बुधबार सम्म संचालन हुने जिल्ला ट्राफिक प्रहरीका प्रमुख थापाले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles