Tuesday, July 16, 2024

ट्रकको ठक्करबाट युवकको ज्यान गयो

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको हरिवनमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ ।

मंगलबार राती पुर्व–पश्चिम राजमार्ग स्थित हरिवन नगरपालिका–१०, सुखेपोखरीमा भएको दुर्घटनामा बागमती नगरपालिका–२, ढुम्रीटोला निवासी २० बर्षका दिव शरण चालिसेको मृत्यु भएको हो । राती घर जादै गरेका चालिसे सवार ना ६४ प ६०२५ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउदै गरेको ना ६ ख ४९८९ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट चालिसेको घटना स्थिलमै मृत्यु भएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । चालिसेलाई ठक्कर दिने सवारी र चालकलाई भाग्दै गरेको अवस्थामा प्रहरीले बयलवासबाट पक्राउ गरेको हो । ट्रक सहित चालक ईश्वरपुर नगरपालिका–१३, श्रीपुर बस्ने २६ बर्षका सोलिन्द्र कुमार कुश्वाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक चालिसेको सव परिक्षण पश्चिात आफन्तको जिम्मा लगाईएको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । दुर्घटनालाई लिएर आक्रोसित स्थानीयले पुर्व पश्चिम राजमार्ग स्थित आदर्श चोकमा सव राखेर प्रदर्शन गर्न खोजेपछि दिउसो केहीबेर तनाव सृजना भएको थियो । मृतकका आफन्तलाई सम्झाई बुझाई पठाईएको प्रहरीले जनाएको हो ।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles